‘पाकिस्तान–नेपाल ट्रेड फेयर’ शुरु, छालाका सामान, कुर्ता, सरवार, जुत्ता चप्पल मुख्य आकर्षण

Advertisement

काठमाडौंं । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी शनिबारदेखि राजधानीमा शुरु  भएको छ । त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौंथो तल्लामा शनिबार प्रदर्शनीको उद्घाटन गरिएको हो । 

कार्यक्रमाम नेपालका लागि पाकिस्तानका राजदुत सईद हैदर शाहले नेपाल र पाकिस्तानबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन आपसी हितमा हुने आर्थिक तथा व्यापारीकलगायतका गतिविधिमा संलग्नता बढाउन प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने बताए । 

Advertisement

प्रदर्शनी पाकिस्तान र नेपालको व्यापारीक सम्बन्धको उत्कृट नमुना भएको पनि उनले बताए । दुबै देशका आफ्नै मौलिक उत्पादन एकै थलोमा प्रदर्शन हुँदा दुबै देशका उपभोक्ता लाभान्वित हुने शाहले बताए । 

पाकिस्तान र नेपालको सम्बन्ध व्यवसायिकसँगै सांस्कृतिक र सामाजिक पनि भएको भन्दै उनले प्रदर्शनीले दुबै देशको रहनसहनदेखि सांस्कृतिक कुरामा समेत परिचित हुने अवसर प्रदान गर्ने बताए । 
आर्थिक गतिविधिलाई बढवा दिएर दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि प्रदर्शनी फलदायी हुने शाहले बताए । 

पाकिस्तानमा निर्मित छालाका सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले पाकिस्तानमा प्रभाव जमाएको भन्दै आयोजकले असोज ६ गतेसम्म चल्ने प्रदर्शनीमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, सरवार, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री राखिएको जनाएको छ । 
 

Advertisement