नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस अफर’

Advertisement

काठमाडौं । नेपाल टेलिकमले असोज ३ गते मनाईने संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ संचालन गर्ने भएको छ । उक्त अफरमा ग्राहकहरुले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक खरिद गर्न सक्नेछन् ।

उक्त प्याकेज आज असोज २ गतेदेखि ४ गतेसम्म लागू हुनेछ । सोही अफरमा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपियाँमा किन्न सकिन्छ भने २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपियाँमै पाइने भएको हो ।
 
त्यस्तै, ग्राहकले १० दिनसम्म प्रयोग गर्न मिल्ने २० जीबी डाटा प्याक जम्मा २ सय ९४ रुपियाँमा खरिद गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । असोज ४ गतेसम्म आफ्नो मोवाइलबाट स्टार १४१५ ह्याज डायल गरी अथवा नेपाल टेलिकमको एपबाट पनि उक्त अफर किन्न मिल्ने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
 

Advertisement

Advertisement

Advertisement