नयाँ स्वादको ह्विस्की ‘जोली प्रिन्स’ बजारमा, बोतलको साइजअनुसार मूल्य कति ?

Advertisement

काठमाडौं । बजारमा नयाँ ब्राण्डको ह्विस्की ‘जोली प्रिन्स’ आएको छ । नयाँ स्वादको यो ‘हार्ड ड्रिङ्क्स’ भर्खरै लिक्वेर प्रा.लि.ले बजारमा ल्याइएको हो । 

बजारमा विभिन्न स्वादका ह्विस्कीहरुमा मानिसहरुको आकर्षण बढिरहेको बेला कम्पनीले ग्राहकको इच्छाअनुसार नयाँ संस्करणको पेय पदार्थ बजारमा ल्याएको जनाएको हो । साथै, कम्पनीले ‘जोली प्रिन्स’ बजारमा आएपछि राम्रो प्रतिक्रिया आइरहेको बताएको छ । 

Advertisement

कम्पनीका निर्देशक महेश सोनीले भने, ‘जोली प्रिन्स अहिलेको बजारको आवश्यकता पूरा गर्न आएको हो । हामी अहिले बजारमा नयाँ छौं । तर पनि राम्रो प्रतिक्रिया आइरहेको छ ।’ कुनै पनि उत्पादनको बजार विस्तार गर्न बजारीकरणको महत्व हुने भए पनि गुणस्तरीय उत्पादन र ग्राहकको सन्तुष्टि भएन भने बजारीकरणले मात्रै अर्थ नराख्ने बताउँदै उनले आफूहरुले लामो समय र लगानी उपभोक्ताको सन्तुष्टिका लागि गरेको बताए । 

सोनीले थपे, ‘बजारमा प्रतिस्पर्धा गर्दै अघि बढेका छौं । बजारमा जुन उत्पादन राम्रो हुन्छ । जुनले उपभोक्ताको मन जित्छ, त्यसले नै बजार लिने हो । ‘जोली प्रिन्स’ उहाँहरुको रोजाईमा पर्ने विश्वासमा हामी छौं । किनभने यसको स्वाद उपभोक्ताले रुचाउने खालको छ । गुणस्तरमा हामीले सम्झौता गरेका छैनौं ।’

जोली ब्राण्डको ठूलो ह्वीस्की किन्दा फूल साइज एक हजार एक सय रुपियाँ पर्छ भने हाफ बोतलको पाँच सय ५० रुपियाँ र क्वाटर साइजको २७५ रुपियाँ पर्छ ।

Advertisement

Advertisement