सिटिजन्स बैंकद्वारा नौ प्रतिशत नगद लाभांश घोषणा

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश घोषणा गरेको छ । सिटिजन्सले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिला लाभांश घोषणा गरेको हो ।  

सञ्चालक समितिको आज बसेको बैठकले आव २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको प्रवक्ता नारायणराज अधिकारीले जनाएका छन् । 

Advertisement

बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपियाँ छ । बैंकले १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६ सय ६१ रुपियाँ नगद लाभांश प्रस्ताव गरेको हो । 

राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले लाभांश पाउने छन् । 

Advertisement

Advertisement