जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

Advertisement

काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड विजया दशमीको पहिलो दिन अर्थात घटस्थापनाको पावन अवसरमा थप ३ शोरुमको उद्घाटन गरेको छ । 

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दघाटमा फुटप्रिन्ट अटो हब प्रालि, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा काठमाडौंको कपनमा यूआर मोटर्स एन्टरप्राइज प्रालि र जिल्ला उद्योग बाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको प्रमुख अतिथ्यमा दाङको घोराहीमा नोबेल  टे«डिङ गरी ३ शोरुम एकै दिन उद्घाटन गरिएको हो । 

Advertisement

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । 
 

Advertisement

Advertisement