Advertisement

काठमाडौं । महालेखापरीक्षक टंकमणी शर्मा दंगालले नेपालको अर्थतन्त्र अण्डर भ्याल्यु भएको बताएका छन् । चार्टर्ड एकाउन्टेन्टहरुको संख्या 

एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)को कार्यक्रममा शुक्रबार उनले नेपालको जीडीपी जति हो, त्यो सबै एकाउन्टमा नआएको बताए । शर्माले जीडीपी अहिलेको भन्दा बढी हुनुपर्ने भए पनि विभिन्न कारणले ठोसरुपमा तथ्यांकमा आउन नसकेको बताए । 

Advertisement

उनले सरकार तथा अन्य सबै निकायलाई तीन–चार वर्षदेखि मुलुकको जीडीपी राजश्व संकलन लगायतका हिसाबले हेर्दा कम रहेको बताए । शर्माले भने, ‘नेपालको इकोनोमीको जुन जीडीपी छ, त्यो नै अण्डर भ्यालु छ के । हाम्रो अर्थतन्त्रमा अनौपचारिक अर्थतन्त्र पनि छ । त्यो धेरै छ । त्यसलाई पनि समावेश गर्यो भने अरु प्यारामिटरहरु कति तल झर्छन् । कति माथि चढ्छन् । इकोनोमी अण्डर भ्यालु भएको छ हाम्रो ।’ ]

नेपालको अर्थतन्त्र अहिले साचेको भन्दा निकै ठूलो रहेको र त्यो एकाउन्टिङमा आउन नसकेको बताउँदै उनले एउटा टोली बनाएर भए पनि त्यसको खोजी हुनुपर्ने बताए । यस विषयमा राष्ट्र बैंक र सरकारलाई पनि आफूले यसअघि भनिसकेको शर्माको भनाई छ । उनले सडकमा गुडिरहेका कारदेखि मानिसहरुको जीवनस्तर हेर्दा नेपालको जीडीपी यति मात्रै हुनुनपर्ने हो भने । शर्माले सरकारले अहिलेसम्म गरेको लगानी बालुवामा पानी हालेको जस्तै भएको बताए । 

Advertisement

Advertisement