काठमाडौंलाई तिहार लागिसक्यो (हेर्नुहोस तेह्र झिलिमिली तस्वीर)

Advertisement

काठमाडौं । तिहार आउन अझै केही दिन बाँकी छ । तर राजधानी काठमाडौंलाई तिहार लागिसकेको छ । बजार डुल्दा अनि झिलिमिली र सजावट देख्न  सकिन्छ । 

पसलहरुमा तिहारको किनमेल गर्नेको घुइँचो देखिन्छ भने मिठाई मसला र फूलहरुले ढाकेको छ । बजारमा मात्रै नभएर सर्वसाधारणको घरहरुमा पनि झिलिमिली बत्ति बल्न थालेको छ । फूल, रङ र उज्यालोको पर्वको रुपमा रहेको तिहारको मौसम पनि न जाडो, न त गर्मीमा नै पर्छ । 

Advertisement

सधैं पैसाको कुरा र कारोबार गर्ने व्यवसायिक घराना, बैंक र बीमा कम्पनीहरु लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन् । धनमाथि धन कमियोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ति बाल्ने गरिन्छ । 

तिहार एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैली खेल्दै मनाइने चाड हो । तिहारमा दियो, बत्ति बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिंगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । 

परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तिले ठाउँ पाएको छ जसले यतिबेला काठमाडौं उपत्यकाका बजारहरु रंगीन छन् । बजारमा सामान किन्ने र बेच्नेको भीड देख्दा तिहार आइसकेको भान हुन्छ ।

 

Advertisement

Advertisement