नेपालमा भोकमरीको समस्यामा सुधार भएकाले कृषिजन्य वस्तुको आयात बढेको होः केसी

Advertisement

काठमाडौं । नेपालको खाद्य प्रणालीमा सुधार र खाद्य संप्रभुताको लागि विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिवन्ध गर्नुपर्ने विज्ञहरुले बताएका छन् । 

पछिल्लो समय विश्वमा नै वातावरणीय प्रभाव तथा अन्य कारणले खाद्य वस्तु उत्पादनमा कमी हुँदै गएको भन्दै उनीहरुले विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिवन्ध गर्नुपर्ने बताए । आईतवार आयोजित कार्यक्रममा विज्ञहरुले वातावरणीय प्रभावको कारण खाद्य पदार्थ उत्पादनमा कमी आउँदा विश्वमा नै खाद्य संकट आउन थालेको बताए । 

Advertisement

कृषि विज्ञहरुले वातावरणीय प्रभावलाई सन्तुलनमा राखेर खाद्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको पनि बताए । नेपालमा खाद्य प्रणालीमा सुधार ल्याउन कृषि क्षेत्रमा लगानीवृद्धि र सरकारले कृषि क्षेत्रलाई व्यवस्थित बनाउने गरी प्रोत्साहन नीति बनाउनुपर्ने सुझाव दिइएको छ । 

कार्यक्रमका वक्ताहरुले कृषि उत्पादनमा ठूलो सम्भवना हुँदासमेत कृषिजन्य सामग्री विदेशबाट आयात भइरहेकोप्रति दुःख प्रकट गरे । अब नेपाली रैथाने कृषि उत्पादनलाई प्राथमिकतामा राखेर सबै नेपालीले आयातित कृषिजन्य वस्तु प्रयोगमा प्रतिवन्ध लगाए मात्रै खाद्य प्रणालीमा सुधार र खाद्य ंप्रभुता हुने उनीहरु बताउँछन् । 

४२ औं विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा कृषि विभागका उपहानिर्देशक डा. हरिबहादुर केसीले नेपालको कृषि क्षेत्रमा सरकार र निजी क्षेत्रको कृषि अनुसन्धान, जनशक्ति र लगानीको कमी रहेको बताए । उनले पछिल्लो समय कृषि क्षेत्रमा विकास भएका नयाँ प्रविधिहरुले नेपाली रैथाने प्रविधिलाई बिस्थापित बनाएको पनि बताए । 

केसीले नेपाली रैथाने प्रविधिलाई नयाँ प्रविधिमा विकास गर्न सकेमा कृषि क्षेत्रमा वैदेशिक रुपमा प्रतिष्पर्धा बढाउन सकिने अवस्था आउने बताए । उनले नेपाली किसानले उत्पादन गरेको वस्तुलाई बजारमा प्राथमिकता दिएर विदेशबाट आयात भएका कृषिजन्य वस्तुलाई प्रतिवन्ध गर्न आवश्यक रहेको बताए । 

केसीले नेपालीहरुले नै नेपाली उत्पादनलाई प्राथमिकता दिन नसके नेपाली उत्पादनले बजार पाउन नसक्ने भन्दै नेपाली खाद्य सामग्रीलाई उपभोगयोग्य बनाउनुपर्ने आवश्यकता रहेको बताए । 

केसीले नेपालले पछिल्लो केही वर्षमा कृषि उत्पादन बढेको भए पनि कृषिजन्य वस्तुमा आयात बढ्दै गएको बताए । उनले पछिल्लो १० वर्षमा किसानले पाउने बजार मूल्यमा परिर्वतन हुन नसक्दा कृषिजन्य वस्तुमा उत्पादक किसान र क्रेता–विक्रेताबीचको मूल्यमा धेरै अन्तर रहेको बताए । 

उपमहानिर्देशक केसीले नेपालमा भोकमरीको समस्यामा सुधार भएकाले आयात बढ्न गएको तर्क गरे । 

अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले खाद्य प्रणालीमा सुधार ल्याउन सरकारले खाद्य नियमावली ल्याएर राष्ट्रिय खाद्य संप्रभुता परिषद् बनाउनुपर्ने माग गर्नुभयो । उहाँले राष्ट्रिय खाद्य संप्रभुता परिषद् बनाउँदा स्थायी प्रकृतिको अधिकार सम्पन्न भएमात्रै जनता खाद्य अधिकारको पहँुचमा पुग्ने बताए । 

मानव अधिकार एलान्सका महासचिव विदुर सुवेदीले नेपालमा कृषि शिक्षाको अभाव रहेको बताए । उनले कृषि सम्बन्धि शिक्षा कमजोर हुँदै गएको अवस्थामा पनि कृषकहरु समेत विदेश जाने क्रम बढीरहेको भन्दै चिन्ता व्यक्त गरे । 

Advertisement

Advertisement