तीन महिनामा अर्ब बढी कमाउने छ वाणिज्य बैंकः कसको अवस्था कस्तो ?

Advertisement

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा २६ वाणिज्य बैंक मध्ये ६ वटाले अर्ब बढी नाफा कमाएका छन् । 

यसरी तीन महिनामै अर्ब बढी नाफा कमाउनेमा एनआईसी एशिया, नबिल, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेण्ट बैंक र कुमारी बैंक छन् । 

Advertisement

एनआईसी एशियाले १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपियाँ, नबिलले १ अर्ब ५७ करोड १५ लाख ३७ हजार, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड ६६ लाख ७८ हजार, ग्लोबल आईएमईले १ अर्ब १८ करोड ९५ लाख ४५ हजार, नेपाल इन्भेष्टमेण्ट बैंकले १ अर्ब १४ करोड ५ लाख ९७ हजार र कुमारी बैंकले १ अर्ब १४ लाख ५९ हजार नाफा कमाएको हो । 

वाणिज्य बैंकहरुले पहिलो त्रैमासमा कमाए १८ अर्ब ७५ करोड नाफा, कुनको कति ?

अर्ब बढी नाफा कमाउने बैंकहरुको अवस्था कस्तो ? 
१. एनआईसी एशिया
एनआईसी एशिया बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिना (त्रैमास)मा एक अर्ब ७५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत त्रैमासिक वित्तीय विवरणमा खुद मुनाफा बार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतले बढेको देखिएको हो । बैंकले कुल कर्जा रकम दुई खर्ब ७३ अर्ब १० करोड पुर्याउन सफल भएको छ भने कुल निक्षेप संकलन तीन खर्ब आठ अर्ब १८ करोड रुपियाँ पुर्याउन सफल भएको छ । 

एनआईसी एशियाको स्व–पूँजीमा प्रतिफल (आरओआर) २६.५५ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रतिशेयर आम्दानी ५९.६२ रुपियाँ आर्जन गर्न बैंक सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रतिशेयर आम्दानी २६ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकको अनुमान छ । 

कर्जा असुलीमा आफूले निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्किय कर्जालाई प्रथम त्रयमाससम्ममा ०।५९ प्रतिशतमा सीमित राख्न सफल भएको बताएको छ । समीक्षा अवधिमा दुई लाखभन्दा बढी नयाँ ग्राहक थप्न सफल भएको बैंकलेको कुल ग्राहक संख्या ३४ लाखभन्दा बढी पुगेको जानकारी दिएको छ ।
............

२. नबिल

नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ५७  रुपियाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत त्रैमासिक वित्तीय विवरणमा यस्तो नाफा ४१.२९ प्रतिशतले बढेको देखिएको हो । गत वर्षको यसैअवधिमा बैंकले एक अर्ब ११ करोड २२ लाख रुपियाँ मात्रै खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढाएको नविलले खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढाएर तीन अर्ब ६७ करोड रुपियाँ पुर्याएको छ भने सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढाएर दुई अर्ब २३ करोड रुपियाँ पुर्याएको छ । बैंकको वितरणयोग्य नाफा पनि २४२.२८ प्रतिशतले बढेको छ । तर बैंकको प्रतिशेयर आम्दानी भने ५ रुपियाँ १ पैसाले घटेर २७ रुपियाँ ०१ पैसा कायम भएको छ । 
............

३. राष्ट्रिय वाणिज्य बैंक 
राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १९ प्रतिशत बढेको छ । बैंकले तीन महिनाको अवधिमा १ अर्ब २४ करोड ६६ लाख रुपियाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५ करोड ६ लाख रुपियाँ  नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब १८ करोड ३८ लाख रुपियाँ, खुद फि कमिसन आम्दानी १४ करोड ७३ लाख रुपियाँ, कूल संचालन आम्दानी ३ अर्ब ४५ करोड ६ लाख रुपियाँ, संचालन मुनाफा १ अर्ब ७७ करोड ८३ लाख छ । बैंकको चुक्ता पूँजी १४ अर्ब ९४ करोड रुपियाँ, जगेडा कोष १६ अर्ब ६२ करोड रुपियाँ, निक्षेप २ अर्ब ६१ अर्ब ५४ करोड रुपियाँ र कर्जा २ खर्ब १० अर्ब ७८ करोड रहेको छ ।
...........

४. ग्लोबल आइएमई
चालु आर्थिक वर्षको तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा ६.९५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तीन महिनामा बैंकले १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेकामा चालु आवको सोही अवधिमा नाफा ६.९५ प्रतिशतले बढेर १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपियाँ पुगेको छ ।

चालु आवको पहिलो तीन महिनामा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारले नाफा बढाउन सहयोग गरेको छ । असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २० करोड २७ लाख ४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३३ करोड ८९ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा १ अर्ब ५५ करोड ५६ लाख ६३ हजार रुपियाँबाट बढेर १ अर्ब ६९ करोड ८७ हजार रुपियाँ पुगेको छ । २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ५९ करोड ४२ लाख ३१ हजार रहेको छ ।

२ खर्ब ७९ अर्ब ८६ करोड ९७ लाख २३ हजार निक्षेप संकलन गरेको बैंकले २ खर्ब ६१ अर्ब ५६ करोड ८६ लाख ५६ हजार रुपियाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.६२ प्रतिशतबाट बढेर २.१० प्रतिशत पुगेको छ । २० रुपैयाँ प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपियाँ २६ पैसा रहेको छ ।
..........

५. नेपाल इन्भेष्टमेन्ट बैंक 
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब १४ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । 

गत वर्षको यसैअवधिमा बैंकले ९२ करोड ३७ लाख रुपियाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ६६.४९ प्रतिशतले बढेर २ अर्ब १२ करोड रुपियाँ पुगेको छ । बैंकको सञ्चालन नाफा २३.४७ प्रतिशतले बढेर १ अर्ब ६२ करोड रुपियाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी २ रुपियाँ १९ पैसाले बढेर २४ रुपियाँ ९२ पैसा पुगेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपियाँ ७३ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ३२ पैसा रहेको बैंकद्वारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । 
..........

६. कुमारी बैंक
चालु आर्थिक वर्षको तीन महिनामा कुमारी बैंकको नाफा ८५.०७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तीन महिनामा बैंकले ५४ करोड ११ लाख १९ हजार रुपियाँ नाफा आर्जन गरेकामा चालु आवको सोही अवधिमा नाफा ८५.०७ प्रतिशतले बढेर १ अर्ब १४ लाख ५९ हजार रुपियाँ पुगेको छ । 

यो अवधिमा बैंकको बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार आएको छ । असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९७ करोड २२ लाख ६१ हजार रुपियाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २८ करोड ६९ लाख ३३ हजार रुपियाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा पनि ७६ करोड ९४ लाख ८३ हजार रुपियाँबाट बढेर १ अर्ब ४३ करोड १३ लाख ४४ हजार रुपियाँ पुगेको छ । १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २ करोड ९८ लाख ६२ हजार छ ।

१ खर्ब ७३ अर्ब ९७ करोड ६५ लाख २२ हजार रुपियाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ५५ अर्ब ८२ करोड ७ लाख २३ हजार रुपियाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ०.८२ प्रतिशतबाट बढेर १.२८ प्रतिशत पुगेको छ । २७ रुपियाँ २३ पैसा प्रतिशेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४९ रुपियाँ ३६ पैसा छ ।

विकास बैंकहरुले पहिलो त्रैमासमा कमाए एक अर्ब नौ करोड नाफा, कसको कति ?

Advertisement

Advertisement