विकास बैंकहरुले पहिलो त्रैमासमा कमाए एक अर्ब नौ करोड नाफा, कसको कति ?

Advertisement

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण गत सोमबार सार्वजनिक गरेका छन् । 

सार्वजनिक वित्तीय विवरण अनुसार विकास बैंकहरुले पहिलो त्रैमासमा कूल १ अर्ब ९ करोड ७२ लाख ५४ हजार ३ सय ७९ रुपियाँ नाफा आर्जन गरेका छन् । 

Advertisement

गत आवको समीक्षा अवधिको तुलना गर्दा विकास बैंकहरुको नाफा ३०.०७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको समीक्षा अवधिमा १ अर्ब ५६ करोड ९१ लाख ४ हजार २ सय ४४ रुपियाँ नाफा कमाएका थिए । 

पहिलो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र शाइन रेसुङ्गा विकास बैंकको नाफा बढेको छ भने कामना सेवा विकास बैंक, लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकको नाफा घटेको वित्तीय विवरणमा उल्लेख छ ।    

कुन बैंकको नाफा घट्यो, कुनको बढ्यो ? तलको चार्ट हेरौं

Advertisement

Advertisement