Advertisement

काठमाडौं । सच्चा कार्की स्नातक अध्ययन गर्दागर्दै बेल्जियम पुगे । त्यहाँ १५ बर्ष दुःख गरेपछि उनी नेपाल फर्किएर केही नयाँ काम गर्ने निचोडमा पुगे । र, बेल्जियममा पढेको विषय र बेल्जियमकै स्वादमा ‘चोकोफल’ ब्राण्डका चकलेटहरु उनले नेपालमा उत्पादन सुरु गरे । 

चोकोफल ‘चकलेट’ र ‘वफल’को समिश्रण हो । कार्कीले चोकोफल नाममै कम्पनी संस्थापन गरी फरक स्वादमा चकलेटहरु नेपाली उपभोक्तामाझ पुर्याउँदै आए । नेपालमा यसको बिक्री सुरु भएको दुई बर्ष भइसकेको छ । अहिले चोकोफलले राम्रो बजार लिइरहेको बताउँदै कार्कीले फरक स्वाद र गुणस्तरीय भएकाले आफ्नो उत्पादन उपभोक्ताले मन पराएको बताए । 

Advertisement

चकलेटहरू घरमै हातले बनाएर बिक्री गर्दै आएका उनले बीचमा कोरोनाले गर्दा केही कठिनाई भोग्नु परे पनि अहिले सहज हुँदै गएको बताए । कार्कीले भने, ‘हामीले शुन्यबाट काम सुरु गरेको हो । कोरोना महामारीको समयमा उत्पादन बिक्री नभए पनि नेपालको बजार बुझ्ने मौका पायौं । बेल्जियममा लोकप्रिय रहेको चकलेट नेपाल पनि पक्कै लोकप्रिय हुन्छ भन्ने विश्वासमा यो व्यवसाय रोजें ।’

परिवार सुबै बेल्जियममा भएकाले कार्की पनि गएका थिए । त्यहाँ रहँदा रेस्टुरेन्ट क्षेत्रमा काम गरे । त्यही क्रममा उनलाई चकलेटतिर पनि रुचि बढ्यो । त्यही रुचीलाई उनले आफ्नो मातृभूमिमा प्रकट गर्ने श्रीमतीसँग सल्लाह गरे र नेपाल फर्किए । अहिले  श्रीमतीले कार्कीलाई चकलेटको प्रचारप्रसारमा सहयोग गर्छिन् । उनी उत्पादन र बजारीकरणमा लाग्छन् । प्याकेजिङमा बुबाले सहयोग गर्दै आएका छन् । 

यस व्यवसायमा १५ लाख लगानी भइसकेको कार्कीले सुनाए । उनले ‘चोकोफलः टेस्ट् अफ बेल्जियम, मेड् इन् नेपाल’ नारा बनाएका छन् । कार्कीले चोकोफल बनाउन बेल्जियमबाटै सामानहरु मगाउँछन् । उनले विदेशबाट पनि अर्डर आउने गरेको बताउ । थप कुराकानी भिडियोमाः 

Advertisement

Advertisement