ग्लोबल आइएमई र बीओकेले एकैदिन बोलाए साधारण सभा, मर्जर र लाभांश पारित गरिने

Advertisement

काठमाडौं । मर्जरका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) ले एकैदिन मंसिर २३ गते वार्षिक साधारण सभा आह्वान गरेका छन् । 

दुबै बैंकको वार्षिक साधारण सभाबाट मर्जर प्रस्ताव पारित हुनेछ । उक्त प्रस्ताव पारित भएसँगै राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त भएपछि  एकीकृत कारोबारका लागि बाटो खुल्ने छ । 

Advertisement

यसैक्रममा मंसिर २३ गतेका लागि आह्वान गरिएको ग्लोबल आइएमईको साधारण सभा गैरीधार स्थित सिल्भर ओक ब्याङ्क्वेटमा हुन लागेको हो । 

उक्त साधारण सभाले आव २०७८/७९ को   नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको १०.६ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर पारित गर्नेछ । 

यता, बीओकेको वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लबमा हुने भएको छ । 

उक्त साधारण सभाले आव २०७८/७९ को नाफाबाट नाफाबाट १४.९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर पारित गर्नेछ । 

मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गत असार २ गतेबाट बैंकको शेयर कारोबार रोक्का रहेको छ । 

ग्लोबल आइएमई र बीओकेबीच मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर, सबैभन्दा ठूलो बैंक बन्दै

Advertisement