Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ बेलायतकी पूर्वउपाध्यक्ष रोजिना प्रधान राई लामो बेलायत बसाईपछि  अहिले नेपालमा व्यापारसँगै सामाजिक कार्य सुरु गरेकी छन् । बेलायतमा १५ बर्षको बसाईपछि उनी नेपालमा सक्रिय हुन थालेको एक बर्ष भएको छ । रोजिहिरा फाउन्डेसनको अध्यक्षसमेत रहेकी रोजिना केहिरोज इन्टरनेशनल प्रा. लि.को सञ्चालक हुन् । उनीसँगको कुराकानीको छोटो अंशः 

​बेलायतको लामो बसाईमा केमा आवद्ध हुनुहुथ्यो ? 
म बेलायत गएको १८ वर्षभन्दा बढी भइसक्यो ।  विद्यार्थी भिसामा म बेलायत गएको थिए, उच्च शिक्षाको लागि । मैले बेलायतबाट नै मास्टर गरिसकेको छु । बेलायतकै कुरा गर्नु पर्दा, जसलाई त्यहाँ समस्या भइरहेको छ, उनीहरुलाई हामीले सहयोग गर्ने काम गरिरहेका छौं । म गैरआवासीय नेपाली संघ बेलायतमा पनि आवद्ध छु । त्यहाँको संघको पूर्वउपाध्यक्ष भएर पनि काम गर्ने मौका मिल्यो । गत वर्ष संघको अध्यक्ष पदमा पनि लडेकी थिएँ । तर जित हासिल भएन् । त्यसबाहेक म धेरै संस्थाहरुमा पनि आवद्ध छु । जस्तै रोजिहिरा फाउन्डेसनको अध्यक्ष, केहिरोज इन्टरनेलको सञ्चालक पनि हुँ । अहिले नेपाल आएर काम गरिरहेको छु । बेलायतमा आधारित संघसंस्थाहरुमा पनि आवद्ध छु । जस्तै, बेलायत–नेपाल फ्रेन्डशिप सोसाइटीको पनि ब्रान्ड एम्बासडर हुँ । अहिले बेलायतमा हस्पिटालिटि (आथित्यता सत्कार) क्षेत्रमा पनि आवाद्ध छु । नेपालमा चाहिं हामीले सिकेको सीप, ज्ञानलाई आफ्नो मुलुकमा प्रयोग गर्नुपर्छ भनेर सामाजिक कार्य र व्यापार सुरु गरेको छु । हामी नेपालीहरु नेपाल आमालाई माया गछौं, जहाँ गए पनि । अझ् विदेशमा हुने नेपालीहरुलाई आमाको बढी याद आउँछ । विदेशमा हुनेहरुलाई नेपालमा यस्तो गर्न पाए हुहुन्थ्यो भन्ने लाग्छ । नेपाल आइसकेपछि विभिन्न क्षेत्रमा आवद्ध पनि भएको छु । स्मार्ट सिटीदेखि लिएर जति पनि बेलायतमा सिकेका कुराहरुलाई लागू गरिरहेको छु । 

Advertisement

रोजिहिरा फाउन्डेसनले के कस्ता काम गर्छ ?
मलाई बच्चा बेलादेखि नै सामाजिक काममा रुचि थियो । मेरो श्रीमानले पनि मलाई एक्दम समर्थन गर्नु हुन्छ । सहयोग गर्नका लागि एउटा यस्तो प्लेटफर्म चाहिंन्छ भन्नुभयो उहाँले । हामी गैरआवासीय नेपाली संघ बेलायतमा पहिले नै आवद्ध थियौं । त्यहाँबाट पनि धेरै काम गर्यों हामीले । तर आफ्नै एउटा केही प्लेटफर्म भयो भने काम गर्न सजिलो हुने र व्यवसायिक तरिकाले काम गर्न सकिन्छ भनेर यो संस्था सुरु गरेको हो । सन् २०१४ देखि काम गरिरहेका छौं । रोजिहिरा फाउन्डेसनबाट हामीले विभिन्न बच्चाहरुलाई शिक्षित कसरी बनाउने ? भनेर लागेका छौं । हाम्रोमा जति पनि ज्येष्ठ नागरिक हुनुहुन्छ, उहाँहरुको समस्यालाई र विशेषगरी महिलाहरु डेलिभरी हुँदाको समस्या, स्वास्थ्यमा समस्या हुँदा कसरी के गर्ने ? भन्ने कुरामा काम गरिरहेको छु । हामीले बासबानी भन्ने ठाउँमा बच्चाहरुको लागि सन् २०१८ मा इ–लाइब्रेरी दिएका थियौं । त्यस्तै, गत वर्षमा त्यहाँ भएको स्वास्थ्य चोकीमा करिब आठ लाख जतिको स्वास्थ्य सामग्री दियौं । त्यस्तै, पूर्वमा १४५ वटा घर बन्दै छ, सुकुमबासीहरुका लागि । उहाँहरुको आफ्नै नाममा घर बनिरहेको छ । बाहिरको सीप, ज्ञानबाट नेपाललाई कसरी सम्पन्न, स्मार्ट सिटी बनाउने ? भनेर लागिरहेको छु ।

तपाईंको पढाइ र काम कत्तिको सम्बन्धित छ ?
एक्दम सम्बन्धित छ । म सानो हुँदादेखि नै विजनेश गर्न मन लाग्ने, सामाजिक कार्यमा पनि त्यति कै रुचि थियो । मेरो पढाइ पनि विजनेशमै गरेको हुँ, मास्टर डिग्री । मार्केटिङ इन्भेन्सन र विजनेश अध्ययन गरेकाले विजनेश मेरो काम र पढाइसँग नै सम्बन्धित छ । 

गैरआवासीय नेपाली संघ बेलायतमा कसरी जोडिन पुग्नुभयो ?
मैले गैरआवासीय नेपाली संघ बेलायतको अध्यक्ष पदमा लड्दै गर्दाको मेरो मुख्य लक्ष्य नै युवा र महिलाहरुलाई सशक्त गर्ने थियो । युवा भनेको हाम्रो देशको कर्णधार हुन् । भविष्य हुन् । जस्तै काँचो माटोलाई जस्तो आकार दियो, त्यस्तो भाँडा बन्छ । त्यस्तै, युवाहरुलाई त्यस्तै आकार दिन जरुरी छ । उहाँहरुलाई कस्तो किसिमको शिक्षा दिने ? कसरी नेपालमै केही गर्न अब्बल बनाउने ? त्यसमा केन्द्रीत छौं । अहिले धेरै युवा विदेशिन बाध्य छन् । विदेशमै बस्ने मानसिकता हटाउन सक्नुपर्छ उहाँहरुले पनि । हामीले पनि भूमिका खेल्नुपर्छ । 

थप कुराकानी भिडियोमा हेर्नुहोस्ः 

Advertisement

Advertisement