हाम्रो खेतीयोग्य जमिनको माटो बिग्रियो, तर रोक्ने कानुन नै छैन्ः कृषि विभागका महानिर्देशक

Advertisement

ललितपुर । नेपालमा हालसम्म पनि खेतीयोग्य जमिनमा माटो बिग्रन नदिनका लागि आवश्यक कानुनी व्यवस्था नै नभएको पाइएको छ । नवौं विश्व माटो दिवसको अवसरमा सोमबार आयोजित एक कार्यक्रममा कृषि विभागमा महानिर्देशक डा. रेवतीरमण पौडेलले भूसंरक्षण सम्बन्धि ऐन भए पनि त्यसमा खेतीयोग्य जमिनको माटो बिग्रन नदिने खालको व्यवस्था नभएको बताए । 

उनले खेतीयोग्य जमिनको माटोमा गुणस्तर कायम गर्न तत्काल कार्यविधि ल्याउने घोषणा समेत गरे । नेपालमा माटोको गुणस्तर बिग्रदै गएकोमा चिन्ता भइरहेको भन्दै पौडेलले त्यसको संरक्षण गर्नका लागि कार्यविधि ल्याउने र जनचेतनामूलक कार्यक्रमलाई जोड दिएर अघि बढन सरकार लागि परेको बताए । 

Advertisement

उनले भने, ‘यो माटो संरक्षणसम्बन्धी कुराहरुमा पनि माटोको भूसंरक्षण सम्बन्धि ऐन रहेछ तर यो प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेको छैन । यसले खेती नपाएका जमिनलाई समेटेको छ । हामीले अब खेती नभएका ठाउँको माटो त्यति बिग्रेको पनि छैन । खेतीयोग्य जमिनका लाग कसरी माटोहरु बचाउन सकिन्छ ? यो विषयमा ऐन नै नभए पनि केही मापदण्ड वा कार्यविधि ल्याएर गर्नुपर्ने कुराहरु के हुन ? के गर्न हुन्छ ? के गर्न हुँदैन ? भन्ने कुरालाई विश्लेषण गरेर ल्याउन सकियो भने विश्व माटो दिवस मनाईरहँदा यसको प्रचारको कामलाई विकास गर्न सक्छौ जस्तो लाग्छ । त्यसका लागि विद्यालय तहमै चित्रकला, लेखनको माध्यामबाट पनि मोटोको महत्वबारे बोध गराउन सकिने भएकाले त्यसतर्फ पनि ध्यान दिने योजना बनाएका छौं ।’

विभागले यस वर्ष विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई माटोको गुणस्तरसम्बन्धी निबन्ध प्रतियोगिता गराएर जनचेतना जगाउने काममा जोड दिइएको जनाएको छ । महानिर्देशक पौडेलले माटोको उर्बरामा ह्रास हुन नदिनका लागि जनचेतना जगाउने काम मुख्य भएकाले सरकारले त्यसलाई आगामी दिनमा प्राथमिकताका साथ अघि बढाउने बताए । 

विज्ञहरुले नेपालको तराई क्षेत्रमा माटो बिग्रदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्नका लागि विशेष योजना बनाएर अघि बढन सरकारलाई सुझाव दिँदै आएका छन ।

Advertisement

Advertisement