सानिमा बैंकको मोबाइल बैंकिङ योजनाः १८ जोडीलाई सौराहा भ्रमणको अवसर

Advertisement

काठमाडौं । सानिमा बैंकले भोलि मंसिर २१ गते १८औं वार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा बैंकले एफवान सफ्टसंग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि मोबाइल बैंकिङ योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्ने छन् । भ्रमणका लागि योग्य हुन ग्राहकहरुले मोबाइल बैंकिङबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने हुन्छ । उक्त कारोबारहरु रु.२०० भन्दा बढि र कम्तिमा एउटा टपअप समावेश हुनुपर्नेछ । 

Advertisement

ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्ट, आदि जस्ता कारोबारहरु गर्न सक्नेछन् । यो योजना  मंसिर २१ देखि पुस ९ गतेसम्म १८ दिनका लागू हुनेछ । योजना अवधि भर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ मार्फत् गरेका कारोबारहरुलाई समावेश गरिने छ । 

यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट््ने बैंकको विश्वास छ । बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा छन् । 
 

Advertisement

Advertisement