एक अर्ब २० करोडको सनराइज फोकस्ड इक्विटी फण्डले सेबोनबाट पायो स्वीकृति

Advertisement

काठमाडौं । सनराइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्विटी फण्ड योजनाले स्वीकृति पाएको छ । 

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंसिर १९ गते उक्त योजनालाई स्वीकृति प्रदान गरेको हो । 

Advertisement

योजनाको आकार प्रति इकाई मुल्य रु. १० को १२०,०००,००० इकाई गरि जम्मा रु. एक अर्ब २० करोड रहेको छ । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो । 

सन्राइज क्यापिटलले हाल सन्राइज फस्र्ट म्युचुअल फण्ड तथा सन्राइज ब्लूचिप फण्ड गरी दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।
 

Advertisement

Advertisement