चेपे ए मा भएको आक्रमणको निन्दा, रु. तीन करोडभन्दा बढीको क्षति भएको अनुमान

Advertisement

काठमाडौं । उर्जा उत्पादकहरुको संस्था इप्पानले चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रवर्द्धनमा लमजुङ र गोरखामा निर्माणाधीन चेपे ए जलबिद्युत आयोजना एक समूहले गरेको आक्रमणको निन्दा गरेको छ । 

इप्पानले आइतबार विज्ञप्ति जारी गर्दै सात मेगावाटको साइट अफिस एवं पावर हाउसमा एक समूह प्रवेश गरी सामान र सवारी साधन तोडफोड तथा आगजनी गर्दा तीन करोड रुपियाँभन्दा बढीको क्षति भएको भन्दै उक्त घट्नाले आफूलाई स्तब्ध बनाएको बताएको छ । 

Advertisement

राइनास नहरसँगको सरोकारको बिषयमा भएको असमझदारीपछि यस्तो उच्छृङखल तथा अराजक घटना घटाइएको इप्पानको भनाई छ । हरेक आयोजना र त्यसका सरोकारवाला पक्षहरुबीचको कुनै पनि असमझदारी संवाद र छलफलबाटै समाधान गर्न सकिने भन्दै उसले विगतदेखि नै जलविद्युत आयोजनाहरुले यस्ता थुप्रै अप्रिय घटनाहरुको सामना गरिरहनुपरेको दुखेको गरेको छ । 

एक पक्षीयढंगले आफ्ना माग पुरा गराउन आयोजनालाई गम्भीर क्षति पु¥याउने तथा प्रबद्र्धक एवम् कर्मचारीहरुलाई मानसिक र भौतिकरुपमा डर, त्रास पैदा गराउने नियोजित उद्देश्यले त्यस खालका उच्श्रृङ्खल, अराजक र उदण्ड गतिबिधि हुने गरेका छन् । यस प्रकारका आपराधिक गतिबिधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा भयंकर नकारात्मक सन्देश प्रबाह हुनुको साथै  समग्र यो क्षेत्र निरुत्साहित हुने कुरातर्फ ईप्पान सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । 

तसर्थ परियोजनाहरुको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरुमा यस्ता कार्यहरु निरुत्साहित गरी सुरक्षाको प्रत्याभूति गराउनुका साथै तत्काल यस घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कानुनी कारवाही गर्न एवम् पीडक पक्षबाटै पीडित पक्षको क्षतिपूर्ती भराउने ब्यवस्था मिलाउन इप्पानले सरकारसँग माग गरेको छ ।

Advertisement

Advertisement