बलिउड अभिनेता विवेक ओवरोय पोखरामा साहसिक खेलहरुमा रमाउँदै

Advertisement

काठमाडौं । परिवारसहित नेपाल घुम्न आएका बलिउड अभिनेता पर्यटकीय केन्द्र पोखरामा विभिन्न साहसिक खेलहरुमा सहभागी भएका छन् । उनले जिपलाइन, स्विङ, हट एयर बेलुन उडानको मनोरञ्जन लिएको हट एयर बेलुनका अध्यक्ष विक्रम वादेले जानकारी दिए ।

हाइग्राउन्ड एडभेन्चर प्रा.लि.ले पर्यटकलाई लक्षित गरी हालै सञ्चालनमा ल्याएको एटीभी राइडिङको मज्जा पनि उनले लिए । पोखरा जिपलाइन, प्याराग्लाइडिङ, बन्जिजम्पिङ, स्विङ, अल्ट्रालाइट, माउन्टेन फ्लाइटका लागि लोकप्रिय छ । 

Advertisement

वादका अनुसार ओबरोयले शनिबार आफ्ना पिता सुरेश ओबरोयको जन्मदिन हट एयर बेलुनमा आफ्ना परिवारसँग मनाएका थिए । विदेशी तथा आन्तरिक पर्यटकहरु लगायत उच्चपदस्थ अधिकारी, चर्चित अभिनेता तथा कलाकारको पनि पोखरामा साहसिक पर्यटनका गतिविधिले आकर्षित गर्ने गरेको छ । 

Advertisement

Advertisement