Advertisement

काठमाडौं । उमंग क्रियशनको आयोजनामा भएको सन् २०२२ को मिस युनिभर्स नेपालको उपाधि विजेता सोफिया भुजेल अहिले मिस युनिभर्सको अन्तर्राष्ट्रिय संस्करणमा प्रतिस्पर्धा गर्न अमेरिकामा पुगेकी छन् ।  यही जनवरी १४ मा विश्वका ८५ भन्दा बढी देशका प्रतिस्पर्धीहरूले ‘मिस यूनिभर्स’को ताजका लागि प्रतिस्पर्धा गर्नेछन् । मिस युनिभर्स नेपालको तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेका प्रतियोगिताका प्रबन्ध निर्देशक उद्धव अधिकारीसँग गरिएको छोटो कुराकानीः 

मिस युनिभर्स नेपालको आयोजना गर्नुभयो, कस्तो रह्यो ? 
राम्रो र सफल पनि भयो । मिस युनिभर्स नेपालको मुख्य उद्देश्य महिला सशक्तिकरणमा काम गर्नु हो । नेपाल बाहिर रहेका अथवा नेपालका विभिन्न क्षेत्रमा रहेका महिलाहरुलाई आफ्नो क्षमता देखाउनका लागि एउटा प्लेटफार्म हामीले भिजुलाइज्ड गराएदिएका छौं । 

Advertisement

मिस युनिभर्स नेपालको सुवात तपाईंले कसरी गर्नुभयो ?
म अलि अगाडीबाट सामाजिक क्षेत्रसँगै महिला सशक्तिकरणमा पनि काम गर्ने सोचमा थिए । त्यही सिलसिलामा नग्मा श्रेष्ठसँग भेट भयो, ‘मिस यूनिभर्स नेपाल’की निर्देशक । नग्मा श्रेष्ठ मिस युनिभर्स नेपाल आयोजना गर्न एक्दमै भित्रबाट इच्छुक थिइन । उनले मिस युनिभर्स नेपाल गर्ने प्रस्ताव गर्ने बित्तिकै मैले ‘हुन्छ, मिलेर गरौं’ भनेर सुरुवात गरेको हो । हामीले सन् २०२० बाट नेपालमा निरन्तर यो प्रतियोगिता गरिरहेका छौं । सुरु गर्दा लकडाउनको समय थियो । लकडाउनकै बीचमा हामीले कार्यक्रम आयोजना गर्यौं । मिस युनिभर्स नेपालमा सहाभागिता पनि राम्रो थियो । हामी युवा संगठन हो । तीन वर्षमा हामीले जति गर्नुपर्ने हो, सायद उद्देश्य अनुसार त्यति गर्न सकिरहेको छैन् होला । तर हामीले आफ्नो तर्फबाट प्रयास गरिरहेका छौं । तर बजारमा जुन किसिमको भाइब्ज सिर्जना गरेका छौं, यो इन्डिष्ट्रिजमा विशेषगरी महिला सशक्तिकरणको लागि हो, ब्यूटि पेजेन्ट भन्नुभन्दा । मिस युनिभर्स नेपालले गर्दा हामीले बजारमा एउटा राम्रो पोजिशन यो तीन वर्षको दौरानमा बनाइसकेका छौं । 

नेपाल जस्तो देशमा मिस युनिभर्स नेपाल जस्तो कार्यक्रम आयोजना गर्न आवश्यक छ र ?
नेपाल जस्तो देशका लागि यो किन आवश्यक छ भन्दाखेरी यसलाई एउटा ब्यूटि कन्टेस्टको रुपमा मात्रै हेर्न हुँदैन् । यसको दुई वटा प्रमुख प्रक्षहरु छन् । एउटा भनेको नेपाल महिलाहावी समाज नै हो । महिला सशक्तिकरणको लागि गरिने कार्यक्रमहरु अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था तथा गैरसरकारी संस्थाबाट जाने कार्यक्रमहरु त छन् । तर साच्चिकै महिलाहरुको लागि जाने कार्यक्रमहरु खासै  देखिदैन् । मिस युनिभर्स नेपालमा दर्ता गर्ने प्रक्रिया सजिलो छ । नेपालका विभिन्न जिल्लाहरु जस्तैः हुम्ला, जुम्लामा रहेर मिस युनिभर्स नेपालमा सहभागी हुन् चाहानुहुन्छ भने पनि सक्नुहुन्छ । मिस युनिभर्स नेपालमा सिधै संलग्न हुन् नपाए पनि हाम्रा सहभागीहरुले गरेका गतिविधिहरुबाट लाइभमार्फत हेर्न र सिक्ने मौका पाउने छन् । दर्शकहरुले पनि लाइभमार्फत हेरेर पनि धेरै कुरा सिक्न सक्नुहुन्छ । महिला सशक्तिकरणमा रुचि राख्ने, यसबाट केही सिक्न चाहानेले पनि सहभाभीहरुलाई हेरेर लाइभमार्फत धेरै कुराहरु सिक्न सक्छन् । 

अर्को भन्नेको नेपालले अन्तर्राष्ट्रियस्तरमा आफूलाई प्रस्तुुत गर्ने प्लेटफम छ ? आफूलाई प्रस्तुत गर्ने प्लेटफम नेपालमा कति छ त ? नेपालको फिल्म उद्योगले अन्तर्राष्ट्रियस्तरमा त्यतो आफ्नो पहिचान बनाइसकेको छैन् । अहिले हामीले आयोजना गरेको कार्यक्रमले अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्ने माध्यम हो । यसमा हामीले नेपाल के हो ? नेपालको क्षमता के हो ? नेपालको सुन्देश के हो ? विभिन्न किसिमको ढाँचाबाट नेपाललाई बाहिर चिनाउने, आफ्नो मौलिकता देखाउने, पहिचान देखाउने हो । 

मिस युनिभर्स नेपालले महिला सशक्तिकरणमा कसरी भूमिका खेल्छ ?
यो वास्तविक महिला सशक्तिकरण परियोजना हो । हामी यो समावेशी प्लेटफर्म, जसले आफू महिला भएर प्रस्तुत गर्न चाहान्छन्, उनीहरुको बहुआयामिक तरिकाले क्यारियरमा प्रत्यक्षरुपमा प्रभाव पारेको देख्छु म । नेपालमा साच्चै नै महिलाहरुले केही गरेका छन् । क्यारियर अनुसार अलिकति माथि उठेका छन् भने उनीहरुका लागि दुई वटा प्लेटफर्म छ । एउटा पूर्ण रूपमा शैक्षिक माध्यम, जो पढे्र नै एउटा स्तरमा पुग्न सक्छन् । अर्को भनेको यस्तो किसिमको सशक्तिकरण कार्यक्रम हो, जसको माध्येमबाट जति पनि महिलाहरु हुनुहुन्छ, एउटा आइडल, मोडलको रुपमा देख्नुहुन्छ । त्यसमा चाहिं हाम्रो जस्तो कार्यक्रमले विशेषगरी प्रवर्द्धन गरेको देख्छु म । हामीले जुन तरिकाले तेस्रो लिंगीहरुलाई पनि प्लेटफर्म दिइरहेका छौं । 

मिस युनिभर्स नेपालमा सहभागी हुँदा के–कस्ता फाइदा छन् ?
मिस युनिभर्स नेपालमा व्यक्ति व्यक्तिले फरक फरक अनुभव गर्ने कुरा हो । सहभागी जो पनि आउँनु हन्छ । तर उहाँहरुले जे अनुभव गरे पनि आफ्नो जीवन, क्यारियरलाई बढाउने काम नै गरेको पाउनुहुन्छ । चाहे त्यो मन्चमा उपस्थितमा होस् । आत्मविश्वास बढाउन सक्ने खुवीमा होस् । समर्पणमा होस् । बाहिरबाट हेर्दाखेरी तीन घण्टाको कार्यक्रममा जे देख्छौं, त्यो भन्दा पछाडी पनि कति अनुशासनमा बसेर कति कडा मिहिनेत गर्नुपर्छ भन्ने कुराहरु पाइने छ । गएको मिस युनिभर्स नेपालको कार्यक्रममा दुई हजार भन्दा बढी आवेदकहरु थिए ।

Advertisement

Advertisement