मेरो जीवनको अन्तिम फिल्म ‘शेर्पा’सँग सम्वन्धित हुनेछ र यो विश्वभर चल्नेछः केसी

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष तथा नायक भुवन केसीले शेर्पा रियल हिरो भन्ने कुरा आफूले राम्ररी बुझेको बताएका छन् । 

शेर्पा चलचित्र संघ नेपालको पहिलो अधिवेशनमा आइतबार उनले भने, ‘सायद यो संभव होला ्वा नहोला, ४० वर्षको मेरो फिल्म यात्रामा अभिनय गर्दै, फिल्म निर्माण गर्दै, निर्देशन गर्दै आएको हो । मेरो सपना छ फेरि फिल्म खेल्ने र शेर्पा फिल्म बनाउने ‘ड्रिम प्रोजेक्ट छ ।’ 

Advertisement

केसीले आफूले शेर्पाको प्रतिनिधित्व गरेर एउटा फिल्मको स्क्रिप्ट ७ वर्ष अगाडीदेखि लेखिरहेको बताए । यो फिल्म आफ्नो जीवनको अन्तिम फिल्म हुने बताउँदै उनले यो फिल्म नेपालमा मात्र नभएर संसारभरि चल्ने विश्वास व्यक्त गरे । 

यस फिल्ममा अनमोल केसीले शेर्पाको भूमिकामा खेल्ने पनि केसीले जानकारी दिए । उनले भने, ‘तर यो ठूलो प्रोजेक्ट भएकोले सबै शेर्पा समुदायसँग सल्लाह गरेर यसमा कति कुराहरु छुटेका होलान, कति कुराहरु थप्नुपर्ने होला, यसमा संस्कृतिको प्रतिनिधित्व गर्नेछ ।’ 

Advertisement

यस फिल्मको बजेट पनि धेरै भएकोले यसको लागि हामीले प्रयास सुरु गरिरहेको उनले बताए । केसीले भने, ‘शेर्पा रियल हिरो हो भन्ने कुरा चाहिं मैले राम्ररी बुझेको छु ।

अधिवेशनबाट संघको अध्यक्षमा नायक छोङ्बा शेर्पा (रिन्छेन) निर्वाचित भएका छन् ।

Advertisement