काठमाडौं । सामाजिक परिवेशलाई प्रस्तुत गरिएको ‘छैन केही डर’ बोलको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ । गीतकार मुलुन्द पौडेलको गीतको यो भिडियो आजै युट्युवमा अपलोड गरिएको छ ।
गौरव गिरिको निर्देशन र विषम आचार्यको स्वर रहेको यो भिडियो आर कुमारले निर्माण गरेका हुने । भिडियोमा नायक धिरेन शाक्य, अभिनेत्री अनिता केसीलगायतको अभिनय छ । उत्तम हुमागाईंले छायांकन गरेको यो भिडियाको भद्रजंग कुँवरले सम्पादन गरेका हुन् ।