सार्वजनिक संस्थानलाई राजनीतिक हस्तक्षेपबाट बाहिर निकाल्छौं, तर खर्चालु हुनुभएन्ः पौडेल

Advertisement

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताएका छन् । 

मंगलवार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रको अवस्थालाई ध्यानमा राख्दै  सरकारी कार्यालयले मात्रै नभएर सार्वजनिक संस्थाहरुले पनि आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताएका छन् । 

Advertisement

पौडेलले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता, फजुल खर्च कटौति र स्रोतको परिचालनमा ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामा रहेको भन्दै बैंकहरुले पनि त्यसतर्फ ध्यान दिन आग्रह गरे । पारदर्शीता, इमान्दारिता, व्यवसायिक क्षमता दक्षयताका आधारमा नै सार्वजनिक संस्थानहरुको उन्नती हुने उनले बताए । 

मन्त्री पौडेलले सार्वजनिक संस्थानहरुमा राजनीतिक हस्तक्षेपबाट बाहिर निकाल्ने बताए । उनले सार्वजनिक संस्थानहरुमा व्यवसायिक दृष्टिकोणले बजारमा भएका सक्षम पात्रहरुलाई प्रतिष्पर्धाका माध्यमबाट व्यवस्थापनको जिम्मावार दिनुपर्ने बताए । पौडेलले अर्थमन्त्रालयको जिम्मेवारीमा रहँदासम्म सरकारका तर्फबाट बैंक, राष्ट्र बैंक वा अन्य संस्थानहरुमा कसै प्रति पनि सरकारको तर्फबाट कुनै पनि राजनीतिक हस्तक्षेप नहुने बताए । 

राजनीतिक हस्तक्षेप भएको देखे मन्त्रालयमा खबर गर्न उनले आग्रह पनि गरे । अब राजनीतिक हस्तक्षेपको चिन्ताबाट बाहिर आउन आवश्यक रहेको पौडेलको भनाई छ । उनले भने, ‘आज मुलुक आर्थिक दृष्टिकोणले जहाँ आएको छ । जस्तो अवस्थामा हामी छौं । मैले भय पैदा गर्न हिसावले होइन । यतिबेला हामीले सरकारी कार्यालयले मात्रै होइन । मन्त्री वा मन्त्रालय र सरकारी कार्यालयले मात्रै होइन । सार्वजनिक संस्थानहरुले पनि आर्थिक मितव्ययिता अपनाउनु पर्ने, फजुल खर्च कटाउनुपर्ने र स्रोतको परिचालनमा ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामा छौं ।’ 

अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा केही समस्या र चुनौतीहरुको चाप रहेको स्वीकार गरे । उनले सरकारले राजश्व परिचालन, पुँजीगत खर्च, बैंकहरुमा लगानीयोग्य रकम तरलता सहजता बनाउनुपर्ने र बैंककोे ब्याजमा वाञ्छित सीमामा राख्नुपर्ने चुनौति रहेको बताए । 

पौडेलले सरकारले माग र आपूर्तिका बीचमा रहेका समस्या समाधान गर्नुपर्ने अवस्था रहेको बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउन, उद्यमशीलता विकास गर्न, रोजगारी सिर्जना गर्न  र आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न बैंकको महत्वपूर्ण भुमिका रहेको बताए । उनले सरकार उच्च किसिमको आर्थिक वृद्धि गर्न प्रतिवद्ध रहेको बताए । पौडेलले उच्च आर्थिक वृद्धि गर्न बैंकको भूमिको सकारात्मक हुने अपेक्षा गरेको बताए । 

मन्त्री पौडेलले अहिलेका अर्थतन्त्रको चुनौति सामना गर्न बैंकको सकारात्मक र रचनामत्मक भूमिका रहने अपेक्षा रहेको बताए । उनले सरकारको लगानी भएका बैंक आफ्नो मुनाफामा मात्रै केन्द्रित हुन नहुने बताए । पौडेलले राष्ट्रिय वाणिज्य बैंको मुनाफा मात्रै राष्ट्रिय उद्देश्य नभएको भन्दै राष्ट्र बैंकले निर्माण गर्ने वित्तीय नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्दै विपन्न समुदायको उत्थानका लागि स्रोत साधनलाई प्रभावकारी रुपमा सरिचालन वाणिज्य बैंकले गर्नुपर्ने बताए ।

Advertisement

Advertisement