क्यानका सात केन्द्रीय सदस्यले मागे अध्यक्षसहित पाँच जना पदाधिकारीको राजीनामा

Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका सात जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिका पाँच जना पदाधिकारीको राजीनामा माग गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गरेर उनीहरुले पदाधिकारीको राजीनामा माग गरेका हुन् । केन्द्रीय सदस्यहरु ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले
अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेका हुन् । 

Advertisement

हालै नेपालमा आयोजित नेपाल टि–ट्वान्टी क्रिकेटमा स्पट फिक्सिङको रहस्योदघाटन भएपछि क्यानमा बिग्रिह सुरु भएको हो । प्रहरी अनुसन्धानमा झण्डै एक दर्जन खेलाडी तथा अन्य व्यक्तिहरु यस प्रकरणमा सामेल भएको पाइएको थियो । 

राजीनामा माग्ने केन्द्रीय सदस्यहरुले नेपाल टी– ट्वान्टी लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको र आफूहरुले दिएको सुझावलाई कुनै सुनुवाई नगरेको भन्दै राजीनामा माग गरेका हुन् । उनीहरुले सेभेन थ्री स्पोर्टस नै स्पट फिक्सिङमा संलग्न भएको पाइएको र यसको मुख्य जिम्मेवार क्यान नेतृत्व भएको आरोप लगाएका छन् । 

Advertisement

Advertisement