आज (माघ १७)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल माघ महिनाको १७ गते मंगलबार, माघ शुक्लपक्षको दशमी तिथि ।

मेष 
शेयर क्षेत्र अनुकुल रहने छैन् । पेशागत जीवन भने औसत अवस्थाबाट अघि बढ्ने छ । बोलीको प्रभावकारीतामा बृद्धि हुने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । मनका कुरा अरुलाई भन्न मन नलाग्ने स्वाभाव हुने हुँदा एकान्त प्रिय लाग्ने छ । पारीवारिक जीवनमा किचलो र समस्याहरु देखा पर्ने छन् ।

Advertisement

वृष
शेयर क्षेत्र औसत प्रकृतिको हुने छ । पेशागत जीवनमा सुधार देखा पर्ने छ । अरुको विश्वास कायम रहने छ । रोकिएको रकम प्राप्त हुने मार्गप्रशस्त बन्ने छ । सवारीसाधनजन्य विषयमा कठिनाई झेल्नु पर्ने छ । मनमा दुविधाले सताउँदा व्यक्तित्वमा भने गिरावट आउने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । 

मिथुन 
शेयर क्षेत्र सोचे जस्तो नाफदायी हुन सक्ने छैन् । धन, सम्पत्ति तथा वित्तिय क्षेत्रमा घाटा वा नोक्सानी हुने भएकाले सतर्क रहनु होला । पेशागत जीवनमा अरुसँग जुध्नु पर्ने छ । दृढ खालको व्यक्तित्व हुने भएकाले अरुले पेलि हाल्न भने सक्ने छैनन् । मनमा आउने दुविधात्मक अवस्थाले भने व्यक्तित्वमा कमि गराउने छ । 

कर्कट
शेयर क्षेत्र अपेक्षाकृति लाभदायी रहने छैन् । पेशागत जीवनमा पनि संघर्षमय अवस्थाबाट गुज्रनु पर्ने छ । आफ्नो उद्देश्य र लक्ष्य प्रति समर्पित हुन मन लाग्ने छ । मनोबल भने कमजोर हुन जाने भएकाले अरुले कमजोर आँक्ने छन् । भाग्यहिनताका कारण मनमा उत्साहको कमि आउने छ । दम्पत्तिको सहयोगका कारण उत्साहमा भने कमि आउने छैन् । 

सिंह
शेयर क्षेत्र औसत खालको रहने छ । पेशागत जीवनमा चर्काचर्कीको वातावरण हुने छ । पेशागत क्षेत्रमा मनमा दुविधाका मात्रा बढ्न पुग्ने हुँदा समर्पण भावको कमि हुने छ । साझेदारीमा गरिएका क्षेत्रहरुमा द्वन्द देखा पर्ने छ । समय संयम रहनु पर्ने रहेको छ । परिवारमा द्वन्दको वातावरण रहने छ । 

कन्या
शेयर क्षेत्रबाट लाभ प्राप्त हुने छ । बौद्धिक प्रकृतिको पेशामा आवद्धहरुलाई शुभ रहने र प्रशंसा प्राप्त हुने छ । अरु क्षेत्रको हकमा औसत अवस्था रहने छ । आम्दानीको हकमा भने सोचेको जति प्राप्त नभए पनि निराश नै हुनु पर्ने पनि छैन् । मनमा दृढताको मात्रा बढ्ने हुँदा कठिनाईहरुसँग जुध्ने तागत मिल्ने छ ।

तुला
शेयर क्षेत्रबाट आशा गरे अनुरुप फाइदा हुने छैन् । आम्दानीमा झिनो बृद्धि देखिने छ । पेशागत जीवन सकारात्मक रहने छ । मनमा देखा पर्ने अन्योलताले दुविधात्मक व्यक्तित्व बन्न हुँदा यसबारेमा सतर्क रहने प्रयास गर्नु होला । पारीवारिक जीवनमा द्वन्दात्मक अवस्था आउने छ । मनोबलमा कमि आउने हुँदा दृढताको अभाव रहने छ । 

वृश्चिक
शेयर क्षेत्रबाट लाभ मिल्ने छ । पेशागत क्षेत्र पनि औसत खालको हुँदा न त उन्नति न त अधोगतिको अवस्थाबाट अघि बढ्ने छ । मनमा आउने नैराश्यताका कारण जोश तथा जाँगरको भने अभाव हुनेछ । भाग्यले साथ नदिएकाले धेरै जोखिमपूर्ण कदम भन्दा औसत जीवनलाई चालु राख्नु नै उचित हुने देखिन्छ ।

धनु 
शेयर क्षेत्र प्रतिकुल रहने छ । बौद्धिक र जनसम्पर्कमा रही गर्नु पर्ने पेशामा आवद्धहरुको पेशागत जीवनमा सकारात्मक रहने छ । मनमा आउने दोहोरो विचारले निर्णय लिन कठिन बनाउने छ । साँचेर राखेको धन सम्पत्ति नोक्सान हुने वा त्यसलाई लिएर बिबाद तथा मुद्धा मामिला चर्किने भएकाले पहिलेदेखि नै सतर्क रहनु बुद्धिमानी हुने छ ।

मकर 
शेयर क्षेत्र औसत खालको हुने छ । पेशागत जीवन पनि औसत वातावरणबाट अघि बढ्ने छ । दृढ खालको व्यक्तित्व हुने भएकाले कसैसँग डर र त्रास लाग्ने छैन् । रिस पनि उच्च रहने भएकाले सतर्क रही व्यवहार गर्नु वेस रहने छ । साझेदारीमा गरिएका काममा बिबाद आउने छ । प्रतिष्पर्धात्मक क्षमता कायम रहने छ । 

कुम्भ 
शेयर क्षेत्रबाट सकारात्मक नतिजा हात पर्ने छ । आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । बौद्धिक र ज्ञानमार्गमा लागेकाहरुको जीवनमा उन्नति हुने छ । विदेश यात्रा अनुकुल रहने छ । पेशागत क्षेत्रमा प्रतिष्पर्धीहरुबाट हुने तानातानको घानबाट फस्ने चुनौति देखिन्छ । धेरै जोखिमपूर्ण निर्णयहरु गर्दा धेरै सोच विचार गरेर मात्र पाइला चाल्नु होला । 

मीन
शेयर क्षेत्र मध्म प्रकृतिको रहने छ । पेशागत क्षेत्रमा विचार गरेर मात्र कदमहरु चाल्नु होला । पेशागत क्षेत्रमा संयमताका साथ लचक रहनु उपयुक्त रहने छ । समय धेरै उत्साही भई हाल्ने खालको नरहेकाले धैर्य भएर मात्र पाइला चाल्नु होला । आफ्नो लक्ष्य प्रति केन्द्रीत हुन मनमा निरन्तर दृढता आउने छ । साझेदारीमा गरिएका कामबाट लाभ मिल्ने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement