बैंक खाता ह्याक गरी चार लाख चोरी गर्ने आठ जना पक्राउ

Advertisement

काठमाडौं । एनआईसी एशियामा रहेको अरुको बैंक खाता ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन । 

ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशिया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी चार लाख रुपियाँ चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए । 

Advertisement

सोही उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा सो कार्यमा संलग्न पर्साका अजय चौंधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौंधरी, बाराका सन्तोेष कुँवर, सप्तरीका दिलीप चौंधरी र भारत बिहार प्रदेशका अवधेश कुमारलाई काठमाडौं र मकवानपुरको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए । 

उनीहरुको साथबाट नौं थान मोबाइल, एक थान ल्यापटप र पाँच थान एटिएम कार्ड पनि बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
 

Advertisement