शेयर बजारमा झिनो सुधारः एक अर्ब ९३ करोडमा समेटियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजारमा झिनो सुधार देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.५४ अंकले उकालो चढेको हो । ०.०७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०९६.०८ अंकमा उक्लिएको छ । 

Advertisement

आज २५८ कम्पनीका ५२ लाख ६ हजार ३ सय ७० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९३ करोड १७ लाख १९ हजार १ सय ३.९३ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज आदर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने इस्टर्न हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ५.४५ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेपाल इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड ४४ लाख २४ हजार ६ सय ८२.४० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।    
 

Advertisement

Advertisement