राजश्व संकलनको लक्ष्य भेट्टाउन मुस्किल छ, बेथिति ननिम्त्याउने गरी पूरक बजेट ल्याउः खनाल

Advertisement

काठमाडौं । अर्थविद् डा. डिल्लीराज खनालले अहिलको बजेटमा राखिएको राजश्व संकलनको लक्ष्य भेट्टाउन मुस्किल रहेकाले सरकारले पूरक बजेट ल्याउन आवश्यक रहेको बताएका छन् । 

नानसँगको कुराकानीमा उनले सरकारले पूरक बजेटको नाममा जथाभावी, मनपरि ढङ्गले अर्को बेथिति निम्त्याउने र वित्तीय अराजकता सिर्जना गरेर थप समस्या बढ्न नदिने गरी अहिलेकै बजेट भित्र पुनःसंरचना गरेर पूरक बजेट ल्याउन आवश्यक रहेको बताए । 

Advertisement

खनालले सरकारले ल्याएको नीतिगत प्राथमिकता र साझा कार्यक्रम कार्यान्वयन गर्नेगरी पूरक बजेट ल्याउँदा मात्रै औचित्य पुष्टि गर्ने बताए । उनले बजेटमा राखिएको राजश्व संकलन लक्ष्य अनुसार दुई खर्ब बढीले राजश्व भेटिन नसक्ने आँकलन रहेको बताए । 

उनले खर्च कटौति गर्न पनि पूरक बजेट आवश्यक रहेको बताए । खनालले वर्तमान सरकारले  कानूनको शासन र त्यसभित्र सुशासन कायम गरी अहिलको बेथिति, विकृति, भ्रष्टाचारलाई ब्रेक थु्र गर्नेगरी सुशासनको परिपाटीलाई चुस्तदुरुस्त गर्नेगरी जानुपर्ने बताए । 

खनालले भने, ‘अर्थतन्त्रमा समस्या रहेकाले सरकारले खर्च कटौती गर्नु आवश्यक छ भने बजेटको आकार घटाउनुपर्छ । वर्तमान सरकारले नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रम ल्याएको छ । सरकारका साझा कार्यक्रमलाई पूरा गर्नुपर्छ । अहिलेको बजेटमा सबै कुराहरु छैन । साझा न्युनतम साझा कार्यक्रमलाई पूरा गर्ने गरी पूरक बजेट ल्याउनु आवश्यक छ । तर सरकारले पूरक बजेटको नाममा जथाभाबी,मनपरि ढङ्गले अर्को बेथिति निम्त्याउने र वित्तीय अराजकता सिर्जना गरेर थप समस्या बढ्न नदिने गरी अहिलेकै बजेट भित्र पुनःसंरचना गरेर पैसा उभारेर सरकारले ल्याएको नीतिगत प्राथमिकता र साझा कार्यक्रम ल्याएको छ ।’ 

उनले भने, ‘त्यतातिर जाने गरी पूरक बजेट ल्याउदा मात्रै औचित्य पुष्टि हुन्छ नत्र अन्य समस्या ल्याउन सक्छ । अहिले पूरक बजेटको आवश्यकता हो । किनकी बजेटले लक्ष्य लिएको राजश्व संकलन नपुग्ने भयो । दुई खर्ब बढीले राजश्व नभेटिन नसक्ने आकलन आएको छ । खर्च कटौती गर्न पनि पूरक बजेट आवश्यक छ । वर्तमान सरकारले  कानूनको शासन र त्यसभित्र सुशासन कायम गरी अहिलको बेथिति र विकृति, भ्रष्टाचार हाबी छ त्यसलाई ब्रेक थु्र गर्नेगरी सुशासनको परिपाटिलाई चुस्तदुरुस्त गर्नेगरी जानुपर्छ । अन्यथा सरकारले परिणाम ल्याउन सक्दैन ।’

Advertisement

Advertisement