एनएमबि बैंकले सार्वजनिक गर्यो इन्स्टा बाइ सेवा, ग्राहकहरु लाभान्वित हुने

Advertisement

काठमाडौं ।  एनएमबि बैंकले नयाँ क्रेडिट कार्ड किस्ता सुविधा इन्स्टा बाइ सार्वजनिक गरेको छ । 

इन्स्टा बाइबाट होटल, अस्पतालका भुक्तानीहरु इएमआईमा रूपान्तरण गर्न सकिन्छ । यो सुविधा ठूला खरिदहरूको लागि वा लामो अवधिमा आफ्नो खरिदहरूको लागत फैलाउन चाहने ग्राहकहरूको लागि उत्कृष्ट विकल्प हो ।

Advertisement

यो सुविधा प्रयोग गर्न, ग्राहकहरूले केवल बैंकको वेबसाइटमा लगइन गरि, प्रडक्ट एण्ड सर्भसिसेसमा क्लकि गरी वैकल्पकि डेलभिरी च्यानल अन्तर्गत इन्स्टा बाइ चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्या सहित विवरणहरू भर्नुपर्ने हुन्छ । यो नयाँ फिचरले ग्राहकहरुलाई आफ्नो क्रेडिट कार्ड अनुभवमा अमूल्य सेवा थप्पिने विश्वास बैंकले लिएको छ ।

हाल बैंकले सातै प्रदेशमा २०१ शाखामार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । त्यस्तै, १ सय ३८ एटिएम, ११ एक्सटेन्सन रहेको बैंकले जनाएको हो । 

Advertisement

Advertisement