कामना सेवाद्वारा निःशुल्क स्वास्थ्य शिविर गर्न निर्धन उत्थानसँग सम्झौता

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ‘कस्टुमर्स डे’ को अवसरमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता सम्पन्न भएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा बाहेक अन्य सेवाहरु पनि दिई आफ्नो सामाजिक उत्तरदायित्व निवार्ह गर्ने हेतुले विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको छ । यस अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी प्रत्येक वर्षको फेब्रुअरी ९  तारिक ‘कस्टुमर्स डे’ को रुपमा समेत मनाउँदै आएको छ ।

Advertisement

सोही अवसरमा माघ महिना २६ गते निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानसँगको सहकार्यमा आफ्नो ग्राहकहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य जाँच तथा विभिन्न परिक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ । उक्त कार्यक्रम कोहोलपुर नपा वडा नं. ११, नेपालगंज स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानमा हुने भएको छ ।

Advertisement

Advertisement