भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा

Advertisement

काठमाडौं । भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशमा जारी यस प्रतियोगितामा भारतविरुद्ध ३–१ गोलअन्तरले नेपाल फाइनलमा प्रवेश गरेको हो ।

आज मंगलबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले भारतलाई पराजित गरेको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा तीन गोलसहितको उत्कृष्ट प्रदर्शन गरेको थियो । 

Advertisement

खेलको २१औं मिनेटमा भारतकी अपुर्व नाजारीले गोल गर्दै अग्रता कायम गरे पनि दोस्रो हाफ भने भारतलाई प्रतिउत्पादक हुन पुग्यो । खेलको ४७औं मिनेटमा अन्जली चन्दले, ६८औं मिनेटमा पेनाल्टीमार्फत प्रिती राईले, ८९औं मिनेटमा अमिसा कार्कीले गोल गरेका थिए । 

नेपाल पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भए पनि दोस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।  दुई वटा खेलको जितसँगै नेपालले ६ अंक जोड्न सफल भएको छ । नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको यो दोस्रो पटक हो ।

Advertisement

Advertisement