Advertisement

काठमाडौं । संगीतकार आलोक श्री व्यवसायमा पनि प्रवेश गरेका छन् । ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’लगायतका लोकप्रिय गीतहरुमा संगीत दिने कलाकारको रुपमा चिनिदै आएका आलोक श्री अब व्यवसायीको रुपमा पनि चिनिने भएका छन् । 

आफ्नो जन्मथलोमा केही गर्ने उद्देश्यले उनले ‘मिड हिल एग्रो फार्म रिसोर्ट’ सञ्चालनमा ल्याएका छन् । आलोक श्रीले कृषि फार्म सुरु गरेको भने नौ वर्ष भइसक्यो । उनले उनले ‘लक्जरियस’ रिसोर्ट सुरू गरेको छन् । 

Advertisement

आलोक श्री भन्छन्, ‘यो रिसोर्ट सञ्चालनमा आइसकेको छ । सम्पूर्ण निर्माण कार्य सम्पन्न हुँदा करिब २० देखि २५ करोड लगानी लाग्ने अनुमान छ । यसमा मेरो मात्र लगानी छ । आफ्नै जग्गामा रिसोर्ट निर्माण गरेको हुँ ।’ गत माघ १ देखि नै सञ्चालनमा आइसकेको यो रिसोर्टको औपचारिक उद्घाटन भने बाँकी छ । रिसोर्टसँगै कृषि फार्म पनि छ । इको टुरिजमलाई जोड दिने उद्देश्यले कृषि फार्मसँगै रिसोर्ट सञ्चालन गरेको उनको भनाई छ । आलोक श्रीसँगको थप कुराकानी भिडियोमा हेर्न सकिन्छः 

Advertisement

Advertisement