चार बर्षदेखि रोक्किएको आरओआर पीपीए उर्जामन्त्री लिङदेनको पहलपछि खुल्यो

Advertisement

काठमाडौं । विगत चार बर्षदेखि रोक्किएको नदी प्रवाह (रन अफ द रिभर)मा आधारित (आरओआर) जलविद्युत अयोजनाहरुको विद्युत खरीद सम्झौता (पीपीए) बल्ल खुलेको छ । 

उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङदेनको निर्देशनपछि यस्ता आयोजनाहरुको पीपीए खोल्न नेपाल विद्युत प्राधिकरण बाध्य भएको हो । यसअघि प्राधिकरणले विद्युत वितरण र प्रसारणको पूर्वाधार नबनीकन आरओआर पीपीए गर्दा भोलि विद्युत खेर गरी प्राधिकरण ठूलो नोक्सानीमा पर्ने चिन्ता व्यक्ति गर्दै आएको थियो । 

Advertisement

मन्त्रिपरिषदको निर्णयअनुसार थप एक हजार पाँच सय मेगावाटका आरओआर आयोजनाहरुको पीपीए गर्न निजी क्षेत्रले आग्रह गर्दै आए पनि प्राधिकरणले आलटाल गर्दै आएको थियो । यसले गर्दा जलविद्युत क्षेत्रमा नयाँ लगानीको ढोका पनि बन्द हुन पुगेको थियो । 

लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ग्रिड आबद्ध सम्झौता मितिको रोलक्रमका आधारमा एक हजार पाँच सय मेगावाट बराबरका आरओआर आयोजनाहरुको पीपीए गर्ने निर्णय गरेको हो । 

यस्ता आयोजनाहरुको विद्युत् सुक्खायाम ८.४० रुपियाँ र बर्खायामका लागि ४.८० रुपियाँ प्रति युनिटमा खरिद हुने छ । 

Advertisement

Advertisement