नाफिजले गरेको कार्यक्रममा तीन दर्जन बढीले गरे रक्तदान

Advertisement

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

पछिल्लो समय उपत्यकासहित देशैभर रगतको अभाव भएपछि नफिजले अग्रसरता लिएर रक्तदान कार्यक्रम आयोजना गरेको हो । बुद्धनगर टोल सुधार समितिको प्रांगण (सुवर्ण पार्क)मा आयोजित कार्यक्रममा तीन दर्जन व्यक्तिले रक्तदान गरेका थिए ।

Advertisement

काठमाडौं महानगरपालिकाको सहयोग तथा बुद्धनगर टोल सुधार समिति र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी बन्न पुगेका बागमती प्रदेशसभा सदस्य तथा काठमाडौं क्षेत्र नं. १‘क’ का सांसद दिपेन्द्र श्रेष्ठले नाफिजको अग्रसरताको सराहना गरे । नाफिज र यसका सदस्यहरुले आर्थिक पत्रकारिताको माध्यमबाट आर्थिक तथा वित्तीय क्षेत्रमा योगदान गरेको स्मरण गर्दै श्रेष्ठले सामाजिक क्षेत्रप्रति आफ्नो दायित्व सम्झिएर गरेको रक्तदान कार्यक्रमले अभावमा सहयोग गर्ने विश्वास गरे । 

कार्यक्रममा नाफिजका उपाध्यक्ष मेनुका कार्कीले नाफिजले आर्थिक पत्रकारको क्षमता विस्तारका निमित्त विविध गतिविधि गर्दै आएकामा समाजप्रति पनि दायित्व सम्झेर पटकपटक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिइन् । 

कार्यक्रममा बुद्धनगर टोलसुधार समितिका अध्यक्ष मानकुमारी श्रेष्ठ, काठमाडौं वडा नं. १० का वडासदस्य रोहिणी श्रेष्ठ, बुद्धनगर टोलसुधार समितिका सल्लाहकार मकरलाल श्रेष्ठ तथा भक्तपुर रेडक्रसका तर्फबाट इन्चार्ज श्रीकृष्ण प्रजापतिको उपस्थिति थियो ।

नाफिजले हरेक वर्ष स्थापना दिवसको अवसरमा भदौ ३१ गते रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
 

Advertisement

Advertisement