वाइवाई चाउचाउ बिक्री गर्ने सीजी फुड्सले आठ अर्बभन्दा बढीको कारोबार गरेर बनायो कीर्तिमान

Advertisement

काठमाडौं। वाईवाई चाउचाउ, जुस, चिजबल लगायत बिक्री गर्ने सीजी फुड्स नेपाल प्रालीले व्यापारमा कीर्तिमान राखेको छ । कम्पनीले हालसम्मकै उच्च व्यापार गरेको हो ।

अग्रेजी आर्थिक वर्ष २०२१–२२ मा उसले आठ अर्ब एक करोड ५० लाख रुपियाँ बराबरको चाउचाउ बिक्री गरेको हो । रेटिङ कम्पनी इक्रा नेपालको अनुसार सीजी फुड्सले आव २०२०–२१ मा सात अर्ब ४० करोड रुपियाँ बराबरको व्यापार गरेको थियो । यस्तै सन् २०१९–२० मा पाँच अर्ब ६६ करोड व्यापार गर्दा आव २०१८–१९ मा भने छ अर्ब ८९ करोड रुपियाँको व्यापार गरेको गरेको थियो। 

Advertisement

यो कम्पनी डलर अर्बपति विनोद चौधरीको हो । नेपालमा सबैभन्दा लोकप्रिय यो चाउचाउ विदेशमा समेत निर्यात हुँदै आएको छ । कम्पनीले एक अर्ब रुपियाँको अल्पकालीन ऋणका लागि इक्रा नेपालबाट एनपी ए वान रेटिङ पाएको छ ।

सीजी फुड्सले थाइल्यान्डको थाइ प्रिजर्ब्ड फुड फ्याक्ट्रीसँगको प्राविधिक सहकार्यमा सन् १९८४ देखि उद्योग सञ्चालनमा ल्याएको हो । कम्पनीमा वरुण चौधरीको चार प्रतिशत, निर्वाण चौधरीको ७६ प्रतिशत, एपोलो इन्भेष्टमेन्ट प्रालिको २० प्रतिशत र राहुल चौधरीको ०.२ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

Advertisement

Advertisement