काठमाडौं । जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीलाई दुई जना अज्ञात व्यक्तिले कालोमोसो दलेका छन् ।
मंगलबार मासिक किस्ता उठाउन गएका लघुवित्तका एक जना कर्मचारीलाई कालोमोसो दलेको जाजरकोट प्रहरीले बताएको छ । दुई अज्ञात व्यक्तिले लघुवित्तका कर्मचारीको पैसा रहेको झोला लुट्ने काम भएको जनाइएको छ ।