नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स कार्यान्वयनमा, डिशहोम ग्राहकलाई इन्टरनेटको नयाँ प्रविधि

Advertisement

काठमाडौं । डिशहोम फाइबरनेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स कार्यान्वयनमा ल्याएको छ । कम्पनीले अंग्रेजी नयाँ वर्ष २०२३ को सुरुवातबाट आईपीभी सिक्स प्रविधिमार्फत सेवा दिन थालेको हो ।

इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस अथवा आईपी एड्रेसको मुख्य भूमिका हुन्छ भन्दै डिशहोम फाइबरनेटले हरेक डिभाइस तथा उपकरणलाई इन्टरनेटमा कनेक्ट गर्न र अन्य कम्प्युटर, नेटवर्क र डिभाइससँग सञ्चार गर्न आईपी एड्रेस जरुरत पर्दछ, इन्टरनेट प्रोटोकल भर्सन सिक्स त्यसैको नयाँ पुस्ता हो भनेको छ ।  

Advertisement

विश्वभर भी फोरमा उपलब्ध सीमित आईपी एड्रेस वितरण भएर सकिएपछि आईपी भी सिक्स विकास गरिएको थियो । आईपीभीफोरमा ३.७ अर्ब युनिक आईपी एड्रेस रहेका छन्, जबकी आईपी भी सिक्समा आईपी एड्रेसको सख्या तनि हजार चार सय खर्ब रहेको बताइन्छ । एनएटी प्रविधि आवश्यक नपर्ने हुँदा आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुनुका साथै सुरक्षाका दृष्टिकोणले समेत यसलाई बढी प्रभावकारी मानिने कम्पनीको भनाई छ ।

Advertisement

Advertisement