‘कालोमोसो दस्ता’ बनाएको भन्दै चितवनका शम्भु थापा पक्राउ

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ बनाएको भन्दै सो अभियानका संयोजक शम्भु थापा पक्राउ परेका छन् ।

सहकारी तथा लघुवित्त संस्थाहरुको ज्यादती बढेको र बैंकहरुको ब्याजदर चर्को भएको भन्दै त्यसको विरोधमा दुर्गा प्रसाईंले अभियान सुरु गरेपछि प्रसाईंको समर्थनमा थापाले कालोमोसो दस्ता बनाएका थिए । यस्ता समूह बनाए पनि दस्ताका सदस्यले कालोमोसो भने दलेको समाचार आएको थिएन् । तर पश्चिममा भने लघुवित्तका एक कर्मचारीलाई कालोमोसो दल्ने काम भएको थियो । 
 
थापालाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवन पक्राउ गरेको हो । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । थापासहितका केही युवाले कालोमोसो दस्ता लेखिएको टिसर्ट पनि लगाएका थिए । दस्ता बनाएपछि बैंकर र बैंकका सञ्चालकहरुले विरोध जनाउँदै उनीहरुलाई कारवाही गर्न माग गरेका थिए । 

Advertisement

Advertisement

Advertisement