काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला पाँच रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ६ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ ।