मर्जरमा गए पनि जोखिममा आधारित पुँजीको व्यवस्था गर्न नसके स्थिति भयावह हुनसक्छः अर्याल

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालले बीमा कम्पनीहरु मर्जरभन्दा पनि मर्जरपछिको परिणामको बारेमा समेत सचेत हुनुपर्ने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले अहिले बीमा कम्पनीहरु धमाधम मर्जरमा जाने क्रम जारी रहेको तर मर्जरपछिको चुनौतिबारे विश्लेषण हुन नसकेको बताए । अहिलेको मर्जरको क्रमले नयाँ र भिन्न व्यवसायिक परिवेश सिर्जना गरेको भन्दै अर्यालले अब मर्जरपछिको पाटोमा पनि छलफल आवश्यक रहेको बताए । 

Advertisement

उनले भने, ‘बीमा प्राधिकरणले पुँजी वृद्धिका लागि सबै कम्पनीहरुलाई निर्देशन दिएको हामी सबैलाई थाहै छ । सोही निर्देशन अुनसार अधिकांश कम्पनीहरुलाई पुँजी बढाउन बाध्यता आईलाग्यो । कतिपय अवस्थामा अहिलेको मर्जर बाध्यकारी जस्तो देखिए पनि बीमा प्राधिकरणले उक्त मर्जरका लागि चैत मसान्तसम्म समय दिएको र उक्त अवधिपछि आवश्यक मोडेल अपनाउने बताएको छ । यस्तो बेलामा मर्जरपछिको पाटो पनि कम्पनीहरुका लागि महत्वपूर्ण विषय बन्न थालेकोे छ ।’

मर्जरको विषय एकातर्फ संचालकहरुसँग जोडिने र अर्कोतर्फ मर्जरको परिणाम कस्तो आउँछ ? भन्ने कुराले समग्र बीमा उद्योगमा प्रभाव पार्ने सीईओ अर्यालको विश्लेषण छ । बीमा कम्पनीहरुको पुँजी बढाउनु एउटा पाटोबाट राम्रो कुरा भए पनि अर्को पाटोबाट बीमा क्षेत्रमा नयाँ व्यवसाय कसरी ल्याउने ? भन्ने चुनौति रहेको उनले बताए । 

रिक्स बेस्ड क्यापिटल (जोखिममा आधारित पुँजी)का लागि बीमा प्राधिकरण अहिले केही लचिलो बनेको अर्यालको अनुभव छ । मर्जरको लहर सक्किएसँगै बीमा कम्पनीहरुले आफ्नो जोखिम हेरेर सोही अनुसार लगानी व्यवस्थापन गर्ने कुरा आउने सम्भावना रहेको उनले बताए । 

अर्यालले रिक्स बेस्ड क्यापिटलमा बीमा कम्पनीहरुले आफ्नो बीमाशुल्क, बिक्रीको अवस्था र बजारको मागलाई व्यस्थापन गर्न सक्नुपर्ने बताए । त्यस्तै, जोखिमको अवस्थालाई आँकलन गरेर सोही अनुसारको पुँजी व्यवस्थापन गर्न सक्नुपर्ने उनले बताए । 

अन्य बेलामा बीमाको एक्चुरी (बीमांकी)हरुले बीमाको जोखिमांकन गरेको जस्तै जोखिममा आधारित पुँजीको सिद्धान्तले बीमा कम्पनीले आफ्नो व्यवसायिक योजनामा नै हरेक क्षेत्रका जोखिम पहिचान गर्न र त्यसका लागि आर्थिक जोहो गर्न बाध्य गराउँछ भन्दै अर्याल त्यस्तो व्यवस्थामा बीमा कम्पनीहरुले प्राविधिक रुपमा आफ्नो जोखिम बहन गर्न सफल नभएमा कम्पनीमा भयावह स्थिति समेत उत्पन्न हुनसक्ने बताए । 

सीईओ अर्यालले विशेष गरेर पुराना तथा ठूला बीमा कम्पनीहरुमा बीमितको जोखिम धेरै हुने भएकाले त्यस्ता कम्पनीहरुले मोटो रकम रिजर्भ गर्न आवश्यक रहेको बताए । यदी मोटो रकम रिजर्भ गर्न नसकेमा बीमा प्रधिकरणको जोखिममा आधारित पुँजीको निर्देशन उल्लङ्घन हुन पुग्ने उनको भनाई छ । प

Advertisement

Advertisement