नेपाल टेलिकमले पोस्टपेड मोवाइल प्रयोगकर्ताका लागि ल्यायो अफर, के-के छन् सुबिधा ?

Advertisement

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुलाई लक्षित गरेर सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड ६३६ प्याजेक चालचलनमा ल्याएको छ । टेलिकमले पोस्टपेड मोवाइल प्रयोगकर्ताका लागि उक्त अफर ल्याएको हो । 

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा ६ सय ३६ रुपियाँमा ग्राहकहरुले सहजै खरिद गर्न सक्नेछन् । उक्त अफर तीस दिनको अवधिका लागि मान्य हुनेछ भने टेलिकमकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने सुविधा रहेको छ । साथै, सोही प्याक अन्तर्गत ग्राहकले अन्य नेटवर्कमा कल गर्न चाहेमा सय मिनेट सम्मको सुविधा रहेको टेलिकमले जनाएको छ । 

Advertisement

त्यस्तै, ग्राहकहरुले दैनिक तीन सय एमबी डाटा प्रयोग गर्न सक्ने छन् भने उक्त डाटा सक्किएको खण्डमा दैनिक ६४ केबीपएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइएको छ । 

सजिलो अनलिमिटेड भ्वाइस डाटा पोस्टपेड ६ सय ३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकहरुले *१४१५*२ *२ #  डायल गर्न सक्नेछन् । नेपाल टेलिकम एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि उक्त सुविधा खरिद गर्न सकिने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 


 

Advertisement

Advertisement