प्रम दाहालले निजी क्षेत्रका ठूला आयोजनाका लगानीकर्ताहरुलाई बोलाएर प्रगति विवरण मागे

Advertisement

काठमाडौं । लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बोर्डबाट सहजीकरण भैरहेका सार्वजनिक निजी साझेदारी तथा निजी लगानीका परियोजनाहरूको प्रगति विवरण माग गरेका छन् । 

उनले ती आयोजनाहरुमा हालसम्म भएका प्रगतिबारे जानकारी लिँदै अन्तर्क्रिया गरेका थिए । कार्यक्रमाम बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ तथा रणनीतिक योजनाले निर्दिष्ट गरेअनुरूप परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीका सम्बन्धमा जानकारी गराएका थिए । 

Advertisement

सो अवसरमा अरुण तेश्रो तथा तल्लो अरुण जलविद्युत परियोजना, होङ्सी तथा हुवासिन सिमेन्ट, नारायणी परियोजना, माथिल्लो कर्णाली जलविद्युत परियोजना, माथिल्लो मर्स्यांङ्गदी– २ अर्धजलासययुक्त जलविद्युत परियोजना, पश्चिम सेती जलाशययुक्त र सेती नदी– ६ अर्ध–जलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो त्रिशुली– १ जलविद्युत परियोजना, डाबर नेपाल, चीन–नेपाल मैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केवलकार परियोजनाका विकासकर्ताले परियोजनाका प्रगति, कार्यान्वयन काचुनौतीका बारेमा जानकारी गराइएको थियो । 

प्रधानमन्त्री दाहालले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन आग्रह गर्दै सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने आश्वासन दिएका थिए । 

प्रमुख कार्यकारी अधिकृत भट्टले लगानी बोर्डसँग विभिन्न निर्माण चरण भएका परियोजना र करिव तीन खर्ब रुपियाँ बराबरका आयोजनाका विकासकर्ताका प्रतिनिधि र अध्यनन चरणमा रहेका आयोजना विकासकर्ताका प्रतिनिधिसँग छलफल भएको जानकारी दिए । उनले बोर्डले स्वीकृतको लागि पाइपलाइनमा रहेका ठूला जलविद्युत आयोजना नतिजामुखी कार्यान्यन ढाँचामा आवद्ध भइसकेको बताए । 

भट्टले ९०० मेगावट क्षमताको अरुण ३,६७० मेगावाट क्षमताको तल्लो अरुण, ३७० मेगावटको अधएजलाशययुक्त अपर मस्र्याङ्दी र अन्य औधोगिक पूर्वाधारहरु आयोजनाहरु पाइपलाइनमा रहेको बताए । उनले यी आयोजनालाई बोर्डले प्राथमिकता दिएर नतिजा उन्मुख काम गर्ने बताए । 

उनले विश्वको अर्थतन्त्रको अवस्थालाई हेरेर आयोजना छनोटमा सजक हुन आवश्यक रहेको बताए । भट्टले अब लगानी बोर्डले मुलुकको आर्थिक र सामाजिक विकास गरी मुहार फेर्नसक्ने आयोजनाहरुको पहिचान, अध्ययन गरेर मात्रै अगाडि बढाउनुपर्ने बताए । उनले लगानी बोर्ड आगामी लगानी सम्मेलनको पूर्वतयारीमा जुटेको बताए । 
 

Advertisement

Advertisement