लुम्बिनी गुरुयोजना दुई बर्षभित्र पूरा गर्न रु. सात अर्ब ५० करोड स्रोत सुनिश्चित भएको कोषको दावी

Advertisement

काठमाडौं । लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ । कोभिड–१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने बाह्य तथा आन्तरिक पर्यटकमा कमी भए पनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको छ । 

सन् २०१९ सम्म करिव १७ लाख वाह्य र आन्तरिक पर्यटक आउने गरेकोमा कारोना महामारीको कारण घटेर २०२० मा दुई लाख ९२ हजार पर्यटक मात्रै आएको कोषले जनाएको छ । नानसँगको कुराकानीमा कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले सन् २०२३ को पछिल्लो तीन महिनासम्ममा २५ हजार बढी विदशी पर्यटक आगमन भएको बताए । 

Advertisement

उनले २०२१ मा ११९७ जना विदेशी, ४३ हजार ७३२ भारतीय र आन्तरिक चार लाख ६३ हजार ९६३ पर्यटक आएको बताए । राईले २०२२ मा विदेशी पर्यटक २३ हजार ९४२, भारतीय दुई लाख ३० हजार ८६३ र आन्तरिक छ लाख ४९ हजार ७८ पर्यटक लुम्बिनी घुम्न आएको बताए । 

उनले २०२२ पछि लुम्बिनी घुम्नको लागि आउने आन्तरिक बाह्य तथा भारतीय पर्यटकमा वृद्धि हुँदै गएकाले आगामी दिन बढ्दै जाने आशा जगाएको बताए । राईले तिलौराकोट संरक्षित स्मारक क्षेत्र सन् २०२५ सम्म विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने गरी काम अगाडि बढाएको बताए । 

कोषका प्रमुख प्रशासकीय अधिकृत राईले १९९६ मा विश्व सम्पदामा राख्ने सूचीमा राखेर पनि अहिले सरकारले बजेट छुट्याएर नै प्राथमिकतामा राखेको बताए । उनले  तिलौराकोटको २०१४ देखि जापनिज फन्ड ईन ट्रस्टको सहयोगमा र युनेस्कोको संयोजनामा बेलायतको दुर्हम विश्व विद्यालय र पुरातत्व विभागको पुरातत्वविद्हरुको टोलीले उत्खनन र अनुसन्धान गरेको बताए । 

उनले भने, ‘लुम्बिनीमा सन् २०१९ सम्म करिव १७ लाख वाह्य र आन्तरिक पर्यटक आउने गरेका थिए । जसमा पासपोर्टहोल्डर एक लाख ७५ हजार थियो भने सबै गरेर १८ लाख पर्यटक पुगेको थियो । कोभिडपछि लुम्बिनीमा पर्यटक घटेर कम भयो । २०२० मा दुई लाख ९२ हजार पर्यटक मात्रै आएका थिए । सन् २०२० आशा लाग्दो भएको छ । २०२१ मा एक हजार १९७ जना विदेशी, ४३ हजार ७३२ भारतीय र आन्तरिक चार लाख ६३ हजार ९६३ पर्यटक आएका थिए । २०२२ मा विदेशी पर्यटक २३ हजार ९४२, भारतीय दुई लाख ३० हजार ८६३ र आन्तरिक छ लाख ४९ हजार ७८ पर्यटक लुम्बिनी घुम्न आएका थिए । सन् २०२३ को जनवरी फ्रेव्रुअरी र मार्च तीन महिनामा विदशी पर्यटक २५ हजार बढी आगमन भएको छ ।’ 

बुद्धको दरबार रहेको तिलौराकोट संरक्षित स्मारक क्षेत्र  विश्व सम्पदा सूचिमा सूचिकरण गर्ने प्रक्रिया अगाडि बढाएको बताउँदै राईले पछिल्लो समय विकासशील मुलुकहरुले पुरातात्विक स्थानहरुलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने काम गरिरहेको बताए । त्यसको लागि धेरै खर्च गर्ने प्रचलन बढेको उनको भनाई छ । 

राईले भने, ‘१९९६ मा विश्व सम्पदामा राख्ने सूचिमा राखेर पनि अहिलेसम्म राख्न सकिएको थिएन तर अहिले सरकारले बजेट छुट्याएर नै प्राथमिकतामा राखेको छ । तिलौराकोटको २०१४ देखि उत्खनन र अनुसन्धान गरिरहेका छौैं । जापानिज फन्ड ईन ट्रस्टको सहयोगमा र युनेस्कोको संयोजनामा बेलायतको दुर्हम विश्व विद्यालय र पुरातत्व विभागको पुरातत्वविद्हरुको टोलीले उत्खनन र अनुसन्धान गरेको हो । अहिले पनि वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण,, भूभौतिक सर्वे, ड्रोन फोटोग्राफी फिल्ड बाकिङ सोसोईकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्यययन अनुसन्धान गरिएको छ । सन् २०२५सम्म विश्व सम्पदा सूचिमा समावेश गराउने गरी काम गरिरहेका छौं । लुम्बिनी विकास कोषले लुम्बीनी गुरुयोजना दुई वर्ष भित्र सक्नेगरी स्रोत जुटाएर काम गर्ने योजना बनाएको छ । गुरुयोजना बनाउनको लागि ७ अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चिता भएको छ ।’

उनले तिलौराकोट क्षेत्रका जग्गा अधिकरण गरेर अहिले पनि वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण, भूभौतिक सर्वे, ड्रोन फोटोग्राफी फिल्ड बाकिङ सोसोईकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्यययन अनुसन्धान गरिएको बताए । राईले लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना दुई वर्षभित्र सक्नेगरी स्रोत जुटाएर काम गर्ने योजना बनाएको बताए । उनले गुरुयोजना सम्पन्न गर्नको लागि सात अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चिता भएको दावी पनि गरे । 

Advertisement

Advertisement