नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते महिला नेतृत्व शिखर सम्मेलन गर्ने

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते महिला नेतृत्व शिखर सम्मेलन गर्ने भएको छ । परिसंघले सोमबार पत्रकार सम्मेलन गरेर महिला नेतृत्व शिखर सम्मेलनबारे जानकारी दिएको हा । 

परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा हुने दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको मञ्चकी सभापति छायाँ शर्माले जानकारी दिइन् । सम्मेलनमा नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टै छलफल गरिने उनले बताइन् । 

Advertisement

शर्माले सम्मेलनमा भारत, पाकिस्तान, श्रींलका, बंलादेश, भुटान, माल्दिस र जर्मनी लगायत मुलुकका राजनीति, आर्थिक समाजिक व्यक्तिहरुको सहभागिता रहने बताइन् । त्यस अवसरमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्याएका दुई महिलालाई सम्मान गर्ने जनाइएको छ । 

महिला उद्यमशीलता प्रबद्र्धनका लागि महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी पनि सो अवसरमा हुने आयोजकको भनाई छ । 

Advertisement

Advertisement