वर्ल्डलिंकले भित्र्यायो दुई अर्ब विदेशी लगानी

Advertisement

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्कले करीब २ अर्ब विदेशी लगानी भित्र्याएको छ । 

बेलायत सरकारको विकास वित्त संस्था एवं लगानीकर्ता बिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ) बाट एक अर्ब ९८ करोड रुपियाँ भित्र्याएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

Advertisement

बीआईआईबाट ८४ मिलियन डलर अर्थात् एक अर्ब आठ करोड नेपाली रुपियाँ र डोल्मा इम्प्याक्ट फण्डबाट ६.९ मिलियन डलर अर्थात् ९० करोड नेपाली रुपियाँ लगानी भित्र्याउने वर्ल्डलिङ्क सफल भएको छ । 

उक्त कार्यक्रममा सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात् एक अर्ब ३५ करोड नेपाली रुपियाँ बराबरको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टबाट कम्पनीले लगानी पाइसकेको पनि जानकारी दिइयो । यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७२ मिलियन डलर अर्थात् तीन अर्ब ३३ करोड बराबरको लगानी पुगेको अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवालले बताए । 

हाल वर्ल्डलिङ्कमा साढे सात लाख भन्दा धेरै ग्राहक रहेका छन् । 

Advertisement

Advertisement