बढ्दो सामाजिक सुरक्षा खर्च राज्यकोषबाट धान्न सकिन्न, योगदानमा आधारित उपयुक्त हुन्छः वैरागी

Advertisement

काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास बैरागीले सामाजिक सुरक्षामा सरकारको दायित्व सामाजिक सुरक्षा योजनाबाट कम गर्नुपर्ने बताएका छन् । 

बुधवार सामाजिक सुरक्षा कोषको कार्यक्रममा उनले सरकारको सामाजिक सुरक्षा दायित्वको लागत बढ्दै गएको बताए । वैरागीले कुल गार्हस्थ्य उत्पादनको ५.१८ प्रतिशत र बजेटको १२ प्रतिशत माथि सामाजिक सुरक्षाको क्षेत्रमा खर्च भएको भन्दै वर्षैपच्छिे सामाजिक सुरक्षामा खर्च बढ्दै जाँदा बजेटको स्रोतमा चाप पर्ने गरेको बताए । 

Advertisement

उनले सामाजिक सुरक्षाको दायरालाई बिस्तार गरी सरकारको सामाजिक सुरक्षाको दायित्वलाई कम गर्दैै लैजान सक्नुपर्ने र त्यसका लागि योगदानमा आधारित सुरक्षा योजना उपयुक्त भएको बताए । मुख्यसचिव वैरागीले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा आवद्ध गराउँदा राष्ट्रिय पुँजीको निर्माण गर्न सहयोग पुग्ने बताए । 

राष्ट्रिय पुँजी पूर्वाधार निर्माण र सामाजिक सुधारमा खर्च गर्नसके पुँजीको अभावबाट परेको समस्या सहज हुनसक्ने भन्दै उनले तरलता व्यवस्थापन गर्न पनि कोषले महत्वपूर्ण भूमिका खुल्ने बताए । वैरागीले अनौपचारिक क्षेत्रमा कार्यरत र स्वरोजगारमा आवद्ध व्यक्तिहरुको सामाजिक सुरक्षाको दायरामा समेट्न नसकिए पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा ल्याउनु राम्रो भएको बताए । 

मुख्यसचिव वैरागीले सामाजिक सुरक्षा कोषलाई सबै पक्षबाट सहयोग र सुदृढ बनाउन जरुरी रहेको बताए । उनले सामाजिक सुरक्षा दायरा बढाउँदै सामाजिक संरक्षण दिगो र उत्पादनमुखी बनाउन सामाजिक सुरक्षा ऐन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताए । 

Advertisement

Advertisement