सर्भेयरको मूल्याङ्कन बिना बीमाको कुनैपनि दाबी भुक्तानी हुँदैनः  कार्यकारी निर्देशक पौडेल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले सर्भेयरहरुले नयाँ बीमा ऐनले उनीहरुको भूमिका ऐच्छिक बनाएको र वास्तविक भूमिकाको अवमूल्यन हुन पुगेको भन्दै गरेको दाबीको खण्डन गरेका छन् । 

कार्यकारी निर्देशक पौडेलले बीमा ऐन बीमा क्षेत्रको हितका लागि ल्याइएको र कानूनले नै सबैलाई बाँध्ने भएकाले सही कानूनको गलत व्याख्या नगर्न अनुरोध समेत गरे ।   

Advertisement

पौडेलले कर्पोरेट नेपालसँग भने,‘नेपाल बीमा प्राधिकरण अभिभावक भएकाले उहाँहरुले गरेको गुनासोलाई हामीले सकारात्मक रुपमा नै लिन्छौं । तर, उहाँहरुले कानूनले नै गलत व्याख्या गर्यो भन्ने किसिमको कुरा गर्नु भएको छ, तर त्यो चाहीँ सही होइन । बीमा ऐन समग्र बीमा क्षेत्रको हितका लागि आएकाले सर्भेयरहरुले हामीलाई बीमा ऐनले समेटेन भन्नु चाहीँ, त्यती धेरै तर्क संगत देखिदैन ।’

विश्वव्यापी मान्यतालाई कुल्चिँदै सर्भेयरबिना जोखिमांकन गर्न सकिने कानुन आउनु आपत्तिजनक

पौडेलले बीमा क्षेत्रमा कार्यरत रहेको सर्भेयरहरुको पारिश्रमिक परिर्वतन गर्ने कुरामा भने सचेत रहेको बताए । उनले भने,‘अब सर्भेयरहरुले उचित पारिश्रमिक पाइएन भनेर श्रम अदालतसम्म धाउनु पर्दैन किनभने विगतमा उहाँहरुले पारिश्रमिक नपाउँदा अदालत एक मात्र विकल्प थियो । तर, पछिल्लो समय जारी भएको बीमा ऐनमा नै अभिकर्ताहरुले आफ्नो गुनासे बीमा प्राधिकरणमा राख्न पाउने र प्राधिकरणले उहाँहरुको पारिश्रमिक सम्बन्धि व्यवस्था गर्ने अधिकार पनि प्राप्त गरेको अवस्था छ ।’

उनले आफूरुले सर्भेयर बिना कुनै पनि रिर्पोटको दाबी भुक्तानी हुन नसक्ने व्यवस्था पनि विद्यमान बीमा ऐनमा रहेकाले सर्भेयरहरु त्यति धेरै चिन्तित हुन पनि जरुरी नरहेको बताए । पौडेलले अन्यत्तै साना रकमका दाबी भुक्तानी बीमा कम्पनी र बीमितहरु आफैँले छलफल गर्दा मिल्ने सम्भावना भएकाले हरेक पटकमा सर्भेयर नगुर्हाने कानून ल्याएको बताए । तर, कुनै पनि ठूला दाबी भुक्तानीका लागि सर्भेयरले नै रिर्पोट तयार गर्ने र उनीहरुलाई महत्वपूर्ण स्थान दिँदै आएकाले आफ्नो रोजीरोटी खोसियो भन्ने गुनासो पनि सही नरहेको कार्यकारी निर्देशक पौडेललको दाबी छ । 

साथै, सर्भेयर पेशामा लामो समय बिताएका सूर्यप्रसाद जोशीले बीमा प्राधिकरणले पछिल्लो समय १२ सय सर्भेयरहरुलाई लाइसेन्स बाँढेको तर उनीहरुको रोजीरोटीको कुनै पनि ग्यारेन्टी नगरेको आरोप लगाएका थिए । उनी नेपाल सर्भेयर संघका पूर्व अध्यक्ष पनि हुन् । 

जोशीले पछिल्लो समय सरकारले जारी गरेको बीमा ऐनमा सर्भेयरको भूमिका निकै कमसल रुपमा प्रस्तुत गरिएको गुनासो गरेका थिए । उनले निर्जीवन बीमाका कुनै पनि घटनामा जोखिमांकन जस्तो महत्व भूमिका निभाउँने सर्भेयरलाई पछिल्लो समय बीमा ऐनले शाब्दिक रुपमा समेटे पनि उनीहरुको भूमिकाको कदर गर्न नसकेको बताएका थिए । 

कर्पोरेट नेपालसँग जोशीले भनेका थिए,‘सर्भेयरलाई इच्छाईयको व्यक्तीको जस्तो भूमिका दिइएको छ । एउटा व्यक्ती इन्जिनियर नभईकन उ सर्भेयर हुनै सक्दैन । सर्भेयरले गर्ने जोखिमांकन अरुले गर्नैै सक्दैन तर नेपालमा पछिल्लो पटक जारी भएको बीमा ऐनमा बीमा कम्पनीहरुले चाहेको अवस्थामा मात्रै सर्भेयर खटाउने कुरा उल्लेख गरिएको छ । यसलाई नै आधार बनाउँदा त सर्भेयर भनेको बीमा क्षेत्रमा भए पनि हुने वा नभए पनि हुने देखियो तर वास्तविकता त्यस्तो होइन ।’ 

Advertisement

Advertisement