शेयर बजारमा पाँच दिनमा पौने छ अर्बको कारोबार, नयाँ अर्थमन्त्रीले केही गर्ने आशामा लगानीकर्ता  !

Advertisement

काठमाडौं । यो साता समग्रमा शेयर बजार ७ अंकले घटेको छ । साताको तीन दिन बढेको बजार २ दिन घट्दा समग्रमा ६.९२ अंकले बजार तल झरेको हो । बिहीबार बजार घटेर नेप्से १९०८.५५ अंकमा रोकिएको छ । 

बजार घटेसँगै यो साता कारोबार रकम पनि उत्साहजनक रहेन । यो साता समग्रमा ५ अर्ब ८३ करोड १६ लाख ४ हजार ६ सय ७०.३४ रुपियाँ बराबरको मात्रै कारोबार भयो । 

Advertisement

साताको पहिलो दिन आइतबार र अन्तिम दिन विहीबार घटेको बजार सोमबारदेखि बुधबारसम्म भने लगातार बढेको थियो । साताको पहिलो दिन घटेको बजार त्यसपछि लगातार उकालो लाग्दा लगानीकर्ताहरु आशावादी भएका थिए । तर, साताको अन्तिम दिन फेरि दोहोरो अंकले बजार तल ओर्लिएको हो । 

मुलुकको अर्थतन्त्रको अवस्था खासै ठीक छैन । यही सन्दर्भका बीच आज मन्त्रिपरिषद् बिस्तारको तयारी छ । केही समयदेखि रिक्त रहेको अर्थमन्त्रीमा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत नियुक्त हुने करीब पक्कापक्की छ । 

मन्त्रिपरिषद् बिस्तारपछि पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले अर्थतन्त्र सुधारका लागि ठोस् कदम चाले शेयर बजार पनि सुधारिनेमा लगानीकर्ताहरु आशावादी छन् । 

यस्तो रह्यो यो साता
साताको पहिलो दिन आइतबार २६.८७ अंकले बजार घट्दा १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५ सय ३१.०३ रुपियाँ, सोमबार १७.७० अंकले बजार बढ्दा १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९ सय ९१.८४ रुपियाँ, मंगलबार १२.१० अंकले बजार बढ्दा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८ सय ७८.३१ रुपियाँ, बुधबार १.०२ अंकले बजार बढ्दा ८१ करोड ६२ लाख १९ हजार १ सय २९.७६ रुपियाँ र साताको अन्तिम दिन बिहीबार १०.८७ अंकले बजार तल झर्दा ८९ करोड ९५ लाख ३२ हजार १ सय ३९.४० रुपियाँ बराबरको कारोबार भएको थियो ।

कसरी हुन सक्छ पूँजी बजारको सुधार ? लगानीकर्ता अन्तरक्रिया कार्यक्रममा कसले के भने ?      

 

Advertisement