कठोर निर्णय नगरे अवस्था भयावह हुनसक्छः अर्थसचिव तोयम राय

Advertisement

काठमाडौं। अर्थमन्त्रालयले थप कठोर निर्णय नगरे अवस्था झनै भयवह हुनसक्ने अर्थ सचिव तोयम रायले बताएका छन् । 

नवनियुक्त अर्थमन्त्री प्रकाशसरण महतलाई स्वागत गर्दै उनले स्थिति गम्भीर बन्न सक्ने बताएका हुन्।मन्त्री स्वागत कार्यक्रममा सचिव रायले भने ‘मन्त्री ज्यूबाट स्पष्ट निर्देशन आइसकेको छ, स्थिति सामान्य छैन् । भयवह अवस्था आउन सक्छ ।’ 

Advertisement

उनी सचिव बनेपछि दिनदिनै नेता तथा कर्मचारीहरुसँग विवाद गर्न व्यस्त छन् । रायले चालु खर्चमा कडाईका साथ कटौति गरेका छन् । यस्तै खर्च नहुने क्षेत्रको बजेट रोक्का गरिरहेका छन् ।

बजेट नदिएको भन्दै अन्य मन्त्रालयको कर्मचारी सांसद लगायतले अर्थ सचिवलाई दबाब दिइरहेका छन् । राजश्व संकलन बढाउन जोडबल गर्दै आएका सचिव रायले आफू जस्तोसुकै गाली खान तयार रहेको बताउँदै आएका छन्।

सरकारी खाताको अवुस्था नाजुक छ । पचास वर्ष यताकै राजस्वमा गम्भीर समस्या देखिइरहेको छ । यो संकटको घडीमा सबै पक्षले दिनरात नभनी हातेमालो गरी काम गर्नुपर्ने नवनियुक्त अर्थमन्त्री महतले बताइसकेका छन्। मन्त्रीको निर्देशन अनुसार नै काम गर्न तयार रहेको सचिव रायले बताए ।

कर्मचारी कुनै पार्टी विशेषको नहुने र राष्ट्रको निम्ति जुनसुकै भूमिकामा रहेर काम गर्नसक्ने सचिव रायले बताएका छन् । सचिव रायले कर्पोरेट नेपालसँग भने, ‘कर्मचारीलाई पार्टी विशेषको ट्याग लगाउने गरिएको छ । यो गलत छ । मैले कर्मचारी जीवनमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै पार्टीका मन्त्री र कार्यकर्तासँग काम गरेको छु ।’

कर्मचारी दलको रंग दिनु गलत रहेको तर्क सचिव रायको छ। उनी यसअघि श्रम मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव र नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडू उद्योग वाणिज्य मन्त्री रहँदा सचिवको रुपमा काम गरिसकेका छन्। सहसचिव सचिव गरी तीन पटक अर्थ मन्त्रालयमा काम गरिसकेका रायको सेवा निवृत्त हुन एक वर्षभन्दा कम समय मात्रै बाँकी छ।  

Advertisement

Advertisement