अर्थमन्त्रीलाई भेटेर गैरआवासीय नेपाली संघका पदाधिकारीले दोहोरो नागरिकताको मुद्दा उठाए

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको भेटमा संघका प्रतिनिधिले ज्ञापनपत्रमार्फत् आफ्ना समस्या राखेका थिए ।

भेटमा संघका तीन जना अध्यक्षहरु बद्री केसी, कुल आचार्य, रविना थापालगायत सहभागी थिए । उनीहरुले नेपालमा लगानीमैत्री वातावरण बनाउन, गैरआवासीय नेपालीको नागरिकताको निरन्तरताका कुराहरु राखेका थिए । 

Advertisement

अर्थमन्त्री महतले भने विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणपछि केही जटिलता आएको स्वीकार गर्दै एनआरएनको नागरिकताको हकमा संविधानमा भएको व्यवस्थालाई छिटो कार्यान्वयनमा नल्याउँदा व्यवहारिक कठिनाइ भएको बताए ।

उनले भने, ‘नेपालमा अहिले लगानीको समस्या छ । सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ । सरकारले एनआरएनएलाई निराश हुने काम कहिले गर्दैन । लगानी गर्न चाहने साथीहरुले कुनै कारणबाट निरुत्साहित हुनु पर्दैन ।’ 

लगानीमैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत् सम्बोधन गरिने महतले आश्वासन दिए । आगामी बजेटमार्फत् पनि धेरै कुरा सम्बोधन गर्न सकिने उनको भनाई छ । 

भेटमा एनआरएनए संस्थापक महासचिव भीम उदास, वर्तमान कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्वउपाध्यक्ष रामेश्वर साह, सोनाम लामा, एनआरएनए युकेका पूर्वअध्यक्ष योगेन क्षेत्रीलगायत सहभागी थिए । 

Advertisement

Advertisement