दुई समूहका साझा उम्मेदवार आचार्यलाई हराउँदै ज्योत्सना एशोसियट्स उपाध्यक्षमा विजयी

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एशोसियट्स उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनले उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ समूहका साझा उम्मेदवार भरत आचार्यलाई हराउँदै विजयी भएकी हुन् । 

बुधबार भएको निर्वाचनको मतगणना नजिता बिहीबार बिहान आएको हो । ज्योत्सनाले ८४६ मत पाउँदा आचार्यले ७८१ मत पाए । ज्योत्सना श्रेष्ठ ५५ मतान्तरले विजयी भएकी हुन् । 

Advertisement

Advertisement